Monday, April 22, 2024
Homeमुख्य खबरसावधान ! चोरी होला नी ?

सावधान ! चोरी होला नी ?

- Advertisement -spot_img

घोराही, ८ साउन । तुलसीपुरदेखि घोराही आउँदै गरेका बसलाई रोक्दै दुईजना प्रहरीले बसमा सवार यात्रुहरुलाई आफू र आफ्नो सामानको सुरक्षाका लागि सचेत हुन आग्रह गरिरहेका थिए ।
प्रहरी पोशाकमै रहेका उनीहरु पाकेटमारको बिगविगी बढिरहेको भन्दै सार्वजनिक यातायातका साधनहरुमा यात्रा गर्दा विशेष सावधानी अपनाउनका लागि अनुरोेधसमेत गर्दै थिए  ।
पछिल्लो समय सार्वजनिक यातायातका साधनहरुमा यात्रुहरु लुटिरहेको घटना बढ्दै जान थालेपछि प्रहरीहरु बस तथा माईक्रो रोक्दै सेवाग्राहीहरुलाई यात्रामा सजक गराउँदै आएका छन् ।
भिडभाड र मासिहरुको चाप भएको ठाउँमा चोरीको घटना बढी घट्दै जान थाले पनि प्रहरीहरुले यात्रु र बस चालक तथा सहचालहरुलाई समेत सावधान रहनका लागि सुझाव दिने गरेका छन् ।
‘विशेषगरी महिला दिदीबहिनीहरुले ख्याल गर्नुहोला, आफना गहना, पैसा सुरक्षित राख्नुहोला’ एकजना प्रहरीले भने ‘भर्खरै मात्र झोलाबाट पैसा चोरी भयो भनेर प्रहरीमा उजुरी परेको थियो, यस्ता पाकेटमारहरु दिनदिनै बढ्दै छन्, सतर्क रहनुहोला ।’ सार्वजनिक यातायातमा यात्रा गर्दा पकेटमारहरुका निगरानी राख्न र शंका लागेमा प्रहरीले सही सूचना दिएर सहयोग गर्न अनुरोधसमेत गरेका थिए ।
‘पैसा चोरी भयो, गहना चोरी भयो भनेर प्रहरीमा उजुरी आउने गर्छन्, ति पाकेटमारको न हुलिया थाहा हुन्छ, न केही स्थान नै’ ति प्रहरीले भने ‘यस्ता केसमा पाकेटमार पहिचान गर्न गाह्रो हुन्छ ।’ उनले पाकेटमारदेखि सावधान र निगरानी राख्नसमेत अनुरोध गरेका थिए ।
ति प्रहरीहरु यसरी नै सवारी साधन रोकेर यात्रुहरुलाई सचेत बनाएका थिए । दिनहँु सवारी साधन रोकेर सवारी चालकको लाइसेन्स तथा कागजातहरु जाँच गर्ने प्रहरी त्योसँगै यात्रुहरुलाई पाकेटमारदेखि सावधान बनाएका छन् ।
सवारी चालकहरुले मादकपदार्थ सेवन गरे नगरेको, ओभरलोडको बारेमा जाँच गर्ने प्रहरीहरुले सार्वजनिक यातायातमा पाकेटमार छन् कि छैनन् भनेर पनि निगरानी बढाउन थालेका छन् । खचाखच यात्रु भएका सवारी साधनमा पाकेटमारको वढि सक्रियता हुने भएकाले सजक रहन सुझाव दिएका थिए । पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गएका छन् ।
तरकारी बजारदेखि किराना पसल, सुन पसल, हँुदै सार्वजनिक यातायातमा पनि पाकेटमारहरु सक्रिय हुँदै गईरहेको घोराहीका भण्डारी किराना पसल सञ्चालक महेश भण्डारीको भनाई छ ।
उनले भने ‘हिजोआज कसैको पसल चोरी भयो, कसैको गहना लुटियो त कसैले पैसा चोरी भएका घटनाहरु घट्दै आएको पाईन्छ, खोई किन आजभोलि हरेक क्षेत्र असुरक्षित बन्दै गएको छ ।’
उनले कार्यालय तथा पसल अगाडि राखेका वाइक पनि चोरी हुन् थालेकाले आम नागरिकहरु चोरको त्रासमा बाँच्नुपर्ने अवस्था आएको बताए । ‘पसलमा सटर तानेर एकछिन् कहि जान पनि डर हुन थालेको छ’ उनले भने ‘हिजोआज चोरहरुको बिगबिगी भएको छ ।’
यस्तै केही दिन पहिले घोराहीकै साथी फ्रिज पसलमा पनि चोरी भएको थियो । चोरहरुको बिगबिगी भएपछि ढुक्कसँग व्यवसाय गर्ने वातावरण न भएको उनले बताए ।
त्यस्तै घोराहीको डिके पेट्रोल पम्प नजिकै रहेको बिजय इलेक्ट्रिक पसलबाट पनि चोरले ८५ केजी तामा तार चोरी गरेको थियो । जेनेटर, मोटर र पंखालगायतमा प्रयोग गरिने तामाको तार चोरले पसलबाटै चोरी गरेको पसलका सञ्चालक विजय नेपालीले बताए । घोराही बजारमा ठूला परिणाम सामानहरु चोरी नभए पनि चोरी गर्नेहरु सक्रिय हुँदै गएका छन् ।
घोराहीमा पछिल्लो समय चोरीका घटनाहरुमा वृद्धि भएका छन् । पसलहरुसँगै गहना, मोटरसाईकल लगायतका चोरी भएका छन् । पीडितहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले चोरलाई पक्राउ गर्न सकेको छैन । घोराहीमा सुरक्षाका लागि सिसी क्यामरा नहुँदा र भएको पनि प्रभावकारी रुपमा सञ्चालनमा नआएकाले सुरक्षा चुनौतिमा समस्या भएको छ ।
पछिल्लो एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङमा ७१ वटा चोरीको उजुरीहरु परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा प्रवक्ता विनोद विक्रम शाहका अनुसार पाकेटमार, पसलहरु फोडेर चोरी गर्ने, पैसा चोर्नेलगायतका उजुरीहरु परेका छन् । उजुरी परेको आधारमा चोरहरुलाई पहिचान गरेर कारवाही गरेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here