Saturday, April 27, 2024
Homeमुख्य खबरसामुदायिक विद्यालय छात्रामैत्री हुनुपर्ने

सामुदायिक विद्यालय छात्रामैत्री हुनुपर्ने

- Advertisement -spot_img

दंगीशरण, १५ बैशाख । सामुदायिक विद्यालय छात्रामैत्री हुनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । सामुदायिक विद्यालयहरु छात्रामैत्री हुनुका लागि ६ कक्षादेखि माथिल्लो तहका छात्राहरुका लागि छुट्टै शौचालयको ब्यवस्था, महिनावारीका सयममा सहजताका लागि प्याडको ब्यवस्था, महिनावारी स्वच्छता ब्यवस्था, छात्रामैत्री अतिरिक्त क्रियाकलापजस्ता कुराहरुमा विद्यालयमा हुनुपर्ने उनीहरुले बताएका हुन् ।
दंगीशरण गाउँपालिकामा शुक्रबार भएको छात्रामैत्री विद्यालय सुधार योजना अद्यावधिक अभिमुखीकरण कार्यक्रममा बोल्ने सहभागीले मानव पुँजीको विकास विद्यालयमा गर्नुपर्ने धारणा राखे । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यज्ञबहादुर केसीले सामुदायीक विद्यालयहरु मर्ज हुने अवस्थामा पुगेको भन्दै शिक्षकहरु कर्तब्यनिष्ठ भएर कर्तव्य पालना गर्नुपर्ने बताए ।
उनले अब पनि शिक्षकहरु गम्भीर नभए सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्केर जाने बताए । यस्तै प्राथमिक विद्यालय कौवाघारीका प्रधानाध्यापक लक्ष्मण देवकोटाले विद्यालयलाई अझ राम्रो बनाउन स्थानीय तहले आर्थिक पाटोबाट सहयोग गर्नुपर्ने बताए ।
उनले विद्यालयमा अनिवार्य रुपमा स्मार्ट क्लास दिवा खाजा ब्यवस्थापन, स्वच्छ खानेपानी, शिक्षक तालिम योजना हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले सामुदायिक विद्यालयले विद्यालयको पृष्ठभूमि, भौगोलिक अवस्था, सेवा क्षेत्र, शिक्षक तथा विद्यार्थी विवरण, शिक्षण सिकाइ उपलब्धि, शिक्षक हाजिरी, औषत आम्दानी खर्च, प्राथमिकतायुक्त योजना, सम्पत्ति विवरण, विद्यालय सुधार योजनाजस्ता कुराहरुले विद्यालयले फेरिरहनुपर्ने बताए ।
विद्यालयका योजनाहरुमा विद्यार्थी भर्ना अभियान छुटाउँनै नहुने योजना रहेको भन्दै आधिकारिक योजनाहरु लिपिबद्ध तरिकाले राख्नु नै विद्यालय सुधार योजना रहेको बताए ।
विद्यालयले योजना बनाउँदा वित्तीय, संगठन, जिम्मेवार र भौतिक अवस्थालाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । यसका साथै विद्यार्थीहरुलाई शिक्षण सिकाइ क्रियाकलाप गराउँदा उनीहरुको प्रकृति स्मार्ट, नम्बर स्मार्ट, साँगीतिक स्मार्ट र बौद्धिक स्मार्टलाई बुझेर शिक्षण गराउनुपर्ने उनको भनाइ थियो ।
विद्यार्थीको क्षमता अनुसार शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउनुपर्ने भन्दै बालबालिकालाई पढाइभन्दा अतिरिक्त क्रियाकलापमा संलग्न गराउनुपर्ने कुरामा जोड दिए । आईएम नेपालको सहयोग तथा सिड संस्थाको आयोजनामा कार्यक्रम भएको हो ।
सिड संस्थाका कार्यकारी निर्देशक भागीराम चौधरीको अध्यक्षता एवं दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलको विशिष्ठ आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम भएको हो ।
सुमन चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सिडका कार्यक्रम संयोजक माधव चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here