Thursday, April 25, 2024
Homeफिचरसहचालकको परिवारलाई सहयोग

सहचालकको परिवारलाई सहयोग

- Advertisement -spot_img

घोराही, २९ मंसिर । घोराही मुर्कुटी सडकखण्डको बचेनीमा भएको बस दुर्घटनामा परी निधन भएका सहचालक होताराम पुनमगर हिक्मतको परिवारलाई बस व्यवसायी समिति, कर्मचारी र बसका स्टाफहरूले आर्थिक सहयोग गरेका छन् । घोराहीबाट रातापानी जाने क्रममा भएको दुर्घटनामा बसका सहचालक हिक्मतसहित अन्य एकजना यात्रुको पनि निधन भएको थियो ।
त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिको तर्फबाट २५ हजार रूपैयाँको चेक र अन्य बस व्यवसायी, कर्मचारी र बस स्टापहरूले ६४ हजार ५ सय ४४ रूपैयाँ हिक्मतका बुवा अमरबहादुर पुनमगरलाई हस्तान्तरण गरेको रूट इन्चार्ज हिमाल महराले जानकारी दिए ।
घोराही–मुर्कुटी, रामपुर–होलेरी चल्ने बसका धनी, स्टाफ र जलजला यातायात प्रालिका व्यक्तिहरूले दिवंगत हिक्मतका परिवारलाई उक्त रकम सहयोग गरेका हुन् । बंगलाचुली गाउँपालिका–५ पखरडाँडाका निवासी हिक्मतको यही मंसिर १० गते बस दुर्घटनामा परी १६ गते उपचारको क्रममा निधन भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here