Friday, April 26, 2024
Homeखेलकुदसम्राटमा खेल प्रतियोगिता सुरु

सम्राटमा खेल प्रतियोगिता सुरु

- Advertisement -spot_img

तुलसीपुर, २५ माघ । सम्राट सम्राट इङ्लिश बोर्डिङ स्कुलमा खेल प्रतियोगिता सुरु भएको छ । बिहीबार बिहीबारदेखि खेलकुद प्रतियोगिता शुरु भएको छ । वार्षिक रुपमा सञ्चालन हुन प्रतिायोगिताको बिहीवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । करिव तीनदिन चल्ने दखेल प्रतियोगितामा फुटवल, क्रिकेट, भलिबल, दौड, हिसाब दौडलगायतका विभिन्न खेलहरु हुने विद्यालयका खेल शिक्षक झग्गु छन्तेलले जानकारी दिएका छन ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालयको वार्षिकोत्सवका अवसरमा पुरस्कृत गरिने भएको छ । विद्यार्थीहरुको चौतर्फि विकासका लागि अतिरिक्त क्रियाकलापहरु समेत आवश्यक भएकाले विद्यालयले प्रत्येक वर्ष खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगिता उद्घाटनका अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल विमल गौतमले खेलकुदले बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि सहयोेग पुग्ने बताए । प्रतियोगिताअन्तर्गत पहिलो दिन बिहीबार प्रावि तहको चकलेट दौड, हिसाव दौड, तातो आलु, एकसय मिटर छात्रछात्रा दौड, कुर्सी दौड, हाजिरीजवाफलगायतका प्रतियोगिता भएका छन् । उक्त प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here