Saturday, April 27, 2024
Homeफिचरसद्भाव र एकताको पर्व तीजः देवकोटा

सद्भाव र एकताको पर्व तीजः देवकोटा

- Advertisement -spot_img

घोराही, ८ भदौ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले तीजलाई समयानुकूल बनाउनु पर्ने बताएकी छन् । समयसापेक्ष अनुसार तीजलाई महिलाहरुले संवेदनशील रुपमा मनाउनुपर्ने बताएकी हुन् ।
दाङ महिला जेसीज दाङले तीजको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य देवकोटाले पितृसत्तामक सोचलाई चिर्दै अगाडि बढ्दै गएको बताईन् ।
‘हिजोको दिनजस्तो महिलालाई जिउदै जलाउनुपर्ने, दाइजोको नाममा यातना खेप्नुपर्ने अवस्था छैन’ कार्यक्रममा उनले भनिन् ‘तर सन्तोषजक अवस्था छैन् ।’
बलात्कार तथा हिंसामा परेका महिलाहरुले अझै न्याय नपाएको अवस्थामा सबै महिला अधिकारकर्मीहरु एक हुनुपर्ने बताईन् । तीजलाई सद्भाव र एकताको पर्वको रुपमा मनाउनु पर्ने बताईन् । तीजलाई महिलाहरुले समयसापेक्ष रुपमा अगाडि बढाउँदै सकारात्मक सोचको विकास गर्न महिला जेसीजले अहम् भूमिका खेलेको बताईन् ।
नेपाली कांग्रेस दाङकी कोषाध्यक्ष सावित्रा रानाले तीज मौलिक परम्परा रहेकाले यसको जर्गेना महिलाहरुले नै गर्नुपर्ने बताईन् । महिलाहरुले न्याय, अधिकार स्थापित गर्नको लागि एकजुट भएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।
महिला जेसीज दाङकी अध्यक्ष रेखा शर्माको अध्यक्षतामा भएको तीज मिलन कार्यक्रममा विभिन्न संघसंस्थामा क्रियाशील महिलाहरुले तीजको शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ की वडा सदस्य कृष्णा राना, नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य निर्मला गौतम रेग्मी, महिला जेसीज दाङकी पूर्व अध्यक्षहरु विना विसी, सुशीला पौडेल, माया पोख्रेल, विमला शर्मा, निरजा पोख्रेल,
सामुदायिक वन उपभोक्ता महासंघकी जानका केसी, अधिवक्ता गोमा महरा, च्याम्वर्स अफ कमर्श घोराहीकी अध्यक्ष मञ्जु बज्राचार्य, बिबिसी दाङकी संवाददाता बसुन्धरा गौतम, गोरक्ष दैनिककी प्रकाशक सुलोचना गौतम,
त्रिभुवननगर जेसजि दाङका कार्यवाहक अध्यक्ष वुद्धिप्रकाश शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष ब्सन्ती सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव अनिता ढकालले गरेकी थिईन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here