Sunday, April 21, 2024
Homeमुख्य खबरव्यवसायी र पदाधिकारीबीच छलफल

व्यवसायी र पदाधिकारीबीच छलफल

- Advertisement -spot_img

घोराही, १० भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा मकवानपुर उद्योग वाणिज्य संघ एवं गढी गाउँपालिका पदाधिकारीहरु बीच परिचयात्मक कार्यक्रम गरिएको छ ।
जिल्लाको अध्ययन भ्रमणमा आएको टोलीसँग व्यवसायिक विकास तथा पर्यटकीय विकासका बारेमा समेत छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
स्थानीय सरकार र निजी क्षेत्र मिलेर अगाडि बढेमा विकासमा सहजता हुने उनको भनाइ छ । कृषि र पर्यटन क्षेत्रको विकास गरी विदेशिने युवाहरुलाई यही रोजगार प्रदान गर्ने लाग्नुपर्ने बताए । यसका लागि आफूले आफ्नो तर्फबाट कार्य गरेको समेत बताए ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटवालले निजी क्षेत्र र सरकारी क्षेत्रबीच सहकार्य गरेर विकास गर्ने सकिने बताए । त्यसै अनुसार नै आफूहरु सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । खासगरी कृषि तथा पर्यटन क्षेत्रमा लगानी गर्ने आवश्यक रहेको उनको भनाइ रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here