Friday, April 26, 2024
Homeविचारविधि अनुसारकै नेतृत्व

विधि अनुसारकै नेतृत्व

- Advertisement -spot_img

तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाले संगठन विस्तारको काम लामो समयपछि गाउँतहसम्म पु¥याउन थालेको छ । नेकपाले दाङमा जिल्ला हुँदै स्थानीय तहसम्म नेतृत्व टुङ्गो लगाएको छ भने वडास्तरमा टुङ्गो लगाउने तयारी गरेको छ तर संगठन विस्तार हुँदै जाँदा विभिन्न असन्तुष्टिका स्वरहरु पनि सुनिन थालेका छन् ।
सामाजिक सञ्जालमै असन्तुष्टि पोखिएपछि नेकपा दाङभित्रको आन्तरिक विवाद बाहिरसम्म आएको छ । खासगरी जिल्ला नेतृत्व टुङ्गिसकेपछि निस्किएका आवाजहरुले नेकपाको पार्टीभित्रै असन्तुष्टि देखिएको प्रष्ट भएको छ ।
देशकै ठूलो पार्टीको रुपमा रहेको नेकपामा नेतृत्व बाँडफाँडमा देखिएका असन्तुष्टि बाहिर आउनुले फेरी कतै यसले पार्टी फुटसम्म पुग्ने त होइन् आम चासोको विषय बनेको छ । पार्टीमा देखिएको विवादको समस्या समाधान गर्न नेतृत्वलाई ‘नखाम त दिनभरीको सिकार–खाम त कान्छा बा को अनुहार’ जस्तै भएको छ ।
ठूला दुई पार्टीका नेतृत्वलाई एक बनाउँदै गर्दा पदको जिम्मेवारी बाँडफाँडमा समस्या देखिने गरेको छ । नेकपा दाङ अहिले १ सय ५५ सदस्यीय छ । सबैलाई सन्तुष्टि बनाउन नेकपाले सदस्यको संख्या बढाए पनि किन अझै पनि असन्तुष्टि कायम छ त ?
पार्टीका नेतृत्वले स्वभाविक रूपमा लिए पनि पार्टीले परिवारभित्रका असन्तुष्टिलाई परिवारभित्रै समस्या समाधान गर्नुपर्छ तर त्यसभित्र पनि समस्या देखिने गरेको छ । नेकपाले विवाद मिलाउन नौ जनासम्म इञ्चार्ज, सहइञ्चार्जसम्म तोकिएपछि पनि यसको पनि चर्चा परिचर्चा भएको छ ।
कतै विरोध, कतै समर्थन देखिए पनि अधिकांशले इञ्जार्ज, सहइञ्चार्जको जिम्मा किन यति धेरैलाई भन्ने प्रश्न गरेका छन् ? नेकपाको जिल्ला नेतृत्वमा विवाद किन ? के असन्तुष्ट आवाजहरु सम्बोधन हुन्छन् त ? नेकपाको नेतृत्वमा कार्यकर्तादेखि नेतासम्म देखिएका असन्तुष्टीहरु कसरी सम्बोधन हुन्छन त ? प्रदेश टुडे दैनिकको नियमित स्तम्भ राउण्ड टेवलमा आज नेकपाका केही नेतासँगको कुराकानीको सारसंक्षेप ।

शान्ता चौधरी
बसचेतक
नेपाल कम्युनिष्ट पार्टी

नेपालको इतिहासकै नेकपा ठूलो कम्युनिष्ट पार्टी बनेको छ । खासगरी दुई पार्टीबीचको एकतापछि बनेको नेकपाले संगठन एकीकरण स्थानीय तहसम्म पु¥याएको छ । दुई ठूला दल एक भईसकेपछि नेता तथा कार्यकर्ताको विचार विशाल भएको छ ।
ठूलो पार्टीमा अलि–अलि असन्तुष्ट आवाजहरु निस्कनु स्वभाविक हो । नेकपा दाङको नेतृत्वमा पनि दुई पार्टीका नेतालाई एकदमै समेटिएको छ । अब जिम्मेवारी लैजाने, दिने भन्ने सवालमा प्रणाली हुन्छ त्यसैअनुसार नै हामी जानुपर्छ ।
पार्टीले लिएको नीति र विधि अनुसार नै नेतृत्व दिएको जस्तो लाग्छ । विभिन्न विषयलाई समेट्नुपर्ने भएकाले एकताको लामो समयपछि नै जिल्ला तहको एकता टुङ्गीएको छ । पार्टीले अहिले तदर्थ कमिटीको रुपमा जिम्मेवारी दिएको छ । त्यसैले पनि कसैले विरोध गर्नुपर्ने, कोही असन्तुष्ट हुुनुपर्ने छैन् ।
ठूलो पार्टीको एकीकरणमा यस्तो देखिनु स्वभाविक हो । कसैले पनि यसलाई अन्यथा मान्नुपर्ने अवस्था छैन् । बरु के हुनुपर्छ भने जसको जसको असन्तुष्ट छ । उहाँहरु खुला रुपमा आएर पार्टीभित्र छलफल गरेर समाधानको उपाय खोज्नुपर्छ ।
काम गर्ने, जिम्म्मेवारी दिने क्रममा केही कमि कमजोरी हुनसक्छन् तर पनि नेकपाको जिल्ला नेतृत्वमा त्यस्तोे समस्या छैन् । सबै किसिमका वौद्धिक व्यक्तिहरु समेटिनुभएको छ । खासमा के भने पार्टीले निर्णय गरेको कुरा सबैले मान्नुपर्छ ।
निकै गहिरो छलफलपछि नै पार्टीले जिम्मेवारी हस्तान्तरण गरेको हुन्छ । त्यो त्रुटीपूर्ण छ जस्तो लाग्दैन् । पार्टीका जिम्मेवार नेता हामीहरुले पार्टीलाई कसरी विशाल बनाउने विषयमा यि साना कुरामा अल्झिरहनु हुँदैन् ? अब सामाजिक सञ्जालभन्दा पनि आपसी छलफलबाटै हामीले समाधान खोज्नुपर्छ ।
पार्टीले गरेका निर्णय सबै ठिक तर उहाँहरुले गरेको विरोध बेठिक भन्न खोजेको के भने तपाई जो–जो पर्नुभएन तपाईहरुले रचनात्मक ढंगले काम गर्नुपर्छ । नेपाली नागरिकले नेकपाबाट ठूलो अपेक्षा गरेका छन् ।
नागरिकले गरेको अपेक्षालाई पूरा गर्न हामीले पूरा गर्नुपर्ने अभिभारा छ । जिल्ला नेतृत्व छनौटको काम सकिएर स्थानीय तहमा पनि एकता प्रक्रिया टुङ्गीसकेको अवस्थामा पार्टी झनै बलियो बनेको छ । विवाद नेतृत्वमा मात्र होइन् हरके कुरामा विवाद र विरोध भएपछि मात्र समाधानको उपाय निस्कन्छ । नेकपा जिल्ला नेतृत्वप्रति सबै सन्तुष्ट नै हुनुपर्छ र छ पनि ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here