Friday, April 26, 2024
Homeमुख्य खबरवलीमाथि भएको घटनाप्रति संघको ध्यानाकर्षण

वलीमाथि भएको घटनाप्रति संघको ध्यानाकर्षण

- Advertisement -spot_img

तुलसीपुर, ३० कार्तिक ।
तुलसीपुरको बिगवेली होटेलमा कार्तिक २८ गते बिहीबार राति भएको घटनाप्रति प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले आपत्ति जनाएको छ । संघले शुक्रबार एक विज्ञप्ति निकालेर संघका सचिव दिलबहादुर वलीको होटलमा भएको ढुंगा प्रहार, व्यवसायी तर्साउने कार्यप्रति आपत्ति जनाएको हो ।
संघका अध्यक्ष जनकप्रसाद खराल र महासचिव झलक केसीद्वारा संयुक्तरूपमा जारी गरिएको विज्ञप्तिमा बिहीबार साँझ बन्द गरेको होटेलको सटरमा तुलसीपुर–१२ का प्रकाश रावतसहित नेकपाका कार्यकर्ताले ढुंगामुढा गरेको उल्लेख गरिएको छ । संघले होटेल व्यवसायी तथा संघका सचिव वलीलाई तर्साउने तथा होटल बन्द गराउने कार्यहरू गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।
‘व्यवसायीले असुरक्षित भएको महशुस गरेका छौँ, दोषीलाई तत्काल कारवाही गरियोस्, व्यवसाय गर्ने वातावरण मिलाईदिन सम्बन्धित सरोकारवालाई अनुरोध गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ । संघले दोषीको पहिचान गरी कारवाहीको मागसमेत गरेको छ । व्यवसायी विभिन्न व्यक्तिबाट असुरक्षित हुने गरेको भन्दै सुरक्षाको ग्यारेन्टी गरिदिन संघले सम्बन्धित स्थानीय सरकार, सुरक्षा निकायलगायतलाई अनुरोध समेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here