Monday, April 22, 2024
Homeफिचररेशम चौधरीसहित ११ जनालाई जन्मकैद

रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

- Advertisement -spot_img

कैलाली, २३ फागुन । जिल्ला अदालत कैलालीले टिकापुर घटनामा प्रतिनिधि सभाका सांसद रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृज मोहन डगौरा, राजेश चौधरी, गंगाराम डगौरालगायतलाई जनही २५ वर्षको कैद सजायको फैसला गरेको हो ।
अदालतले सोही घटनामा पूर्पक्षका लागि थुनामा रहेका नाबालक श्रवण चौधरीलाई १० वर्षको कैद हुने ठहर गरेको छ । यस्तै, लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तकुमार चौधरी, जीतबहादुर ठगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, सन्तोष थारु, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई तीन वर्षको कैद हुने ठहर गरेको छ ।
फैसला अनुसार लक्ष्मण चौधरीसहित ११ जनालाई बुधबार तथा चुन्कीलाल आगामी ३० गते थुना मुक्त गर्न अदालतले आदेश दिएको छ । यस्तै, नाबालक करण चौधरीलाई ६ महिना कैद तोकिएकोमा उनी पनि बुधबार रिहा भएका छन् । सोही घटनाका आरोपित नुरुल अलि जागा भनिने तहावर अलि, विसराम चौधरी कुस्मी र रामनरेश चौधरीलाई अदालतले सफाई दिएको छ ।
एक बालक र आठजना सुरक्षाकर्मीको ज्यान जाने गरी २०७२ भदौ ७ गते टिकापुरमा भएको घटनामा सांसद चौधरीलाई मुख्य अभियुक्त मान्दै मुद्दा दायर भएको थियो । चौधरी हाल राजधानीको डिल्लीबजार कारागारमा छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here