Saturday, April 27, 2024
Homeफिचरराप्ती गाउँपालिकाको दोस्रो गाउँसभा

राप्ती गाउँपालिकाको दोस्रो गाउँसभा

- Advertisement -spot_img

देउखुरी, २७ बैशाख ।
प्रदेश नम्बर ५ का सांसद इन्द्रजित थारुले प्रदेशको स्थायी राजधानी देउखुरीमा नै हुने बताएका छन् । राप्ती गाउँपालिकाको बिहीबार भएको दोस्रो गाउँसभालाई उद्घाटन तथा सम्बोधन गर्दै सांसद चौधरी सो कुरा बताएका हुन् । प्रमुख अतिथिसमेत रहेको सांसद चौधरीले अहिले संसदमा स्थायी राजधानी दाङको देउखुरी क्षेत्रअन्तर्गत लमही नगरपालिका र राप्ती गाउँपालिकालाई छुने गरी राजधानी ल्याउने कसरतमा आफूहरु लागेको बताए ।
साथै उनले राप्ती गाउँपालिकाको पहाडी तथा दुर्गम क्षेत्रमा खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, सञ्चारकै मुख्य समस्या रहेकाले त्यसतर्फ ध्यान दिन जनप्रतिनिधिलाई सुझाव दिए । उनले सुकुमबासी, मुक्त कमैयाहरुलाई बसोबासको व्यवस्था र अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउने बिषयमा समेत छलफल भइरहेको बताए ।
सांसद थारुले राप्ती गाउँपालिकाको विकासमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताएका छन् । त्यस्तै अर्का सांसद दामा शर्माले राप्ती गाउँपालिका कृषि र पर्यटकीय हिसाबले अगाडि रहेकाले प्रदेश सरकारबाट गर्नुपर्ने सहयोग आफूहरुले गर्ने बताए । गाउँसभाले नौवटा कार्यविधि निर्देशिका, मापडण्ड अनुमोदन, सम्पुरक कोषमा रहेको १ करोड २९ लाख रकम विकास योजनाहरुमा विनियोजन गरेको छ ।
् साथै वातावरण कोषमा रहेको १७ लाख रुपैयाँ वातावरणको क्षेत्रमा काम गर्ने गरी विपद ब्यवस्थापन कोषको ५ लाख ५० हजार विपद ब्यवस्थापनको क्षेत्रमा तुरुन्त कार्य गर्न, महिला तथा बालबालिका विषेश कोषको ३ लाख २५ हजार महिला तथा बालबालिकाको क्षेत्रमा लाभ हुने गरी क्रियाकलाप सञ्चालन गर्न स्वीकृत गरेको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता एवम् प्रदेश सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तारा डिसी, २ का अध्यक्ष जगतबहादुर थापा, ३ का अध्यक्ष चन्दर चौधरी, ४ का अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, ५ का अध्यक्ष गोवद्र्धन रावत, ६ का अध्यक्ष वेदप्रसाद चौधरी, ७ का अध्यक्ष विद्याशरण चौधरी, ८ का अध्यक्ष गोकर्णबहादुर रानामगर र ९ का अध्यक्ष रिमबहादर सुनारीमगर लगायतका वक्ताहरुले बोलेका थिए ।
गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर भुसालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here