Wednesday, April 24, 2024
Homeविचारराज्य गम्भीर बन्नुपर्छ

राज्य गम्भीर बन्नुपर्छ

- Advertisement -spot_img

विकासको विगुल फुक्दै राष्ट्र निर्माणमा समर्पित अपरेटरहरु तर राज्यले नै आफूहरुलाई उपेक्षा गरेको विभिन्न समयमा गुनासो आउने गरेको छ । ‘हिमाल, पहाड र तराई–नठानी कसैलाई पराई’ घाम र पानी नभनि राष्ट्रको विकास निर्माणमा जुटेका अपरेटरहरु जनतामा छाएको विकासको आशालाई पूरा गर्न लागेका छन् ।
आफ्नो ज्यानकै बाजी राखेर सडकदेखि पुल निर्माणसम्ममा जुटेका देशका सच्चा पहेरदार अपरेटरहरु पछिल्लो समय संगठित भएर अघि बढ्न थालेका छन् ।
आफ्ना पीडा र अधिकारको आवाजलाई प्रष्फुटित गर्नका लागि उनीहरु एक भएर कामहरु गर्न थालेका छन् । नेपाल हेभि इक्युपमेन्ट अपरेटर महासंघमार्फत उनीहरु अहिले एकीकृत रुपमा संगठित भएका छन् । काम गर्दा हुने विभिन्न समस्यालाई सजिलै समाधान गर्न दाङसहित देशभरका अपरेटरहरु संगठित हुन थालेका हुन् ।
अधिकारका रक्षाका लागि एक भएर अघि बढेका अपरेटरहरुको प्रदेश नम्बर ५ को प्रथम भेला दाङको तुलसीपुरमा हुन गइरहेको छ । आज हामीले तुलसीपुरमा हुन गइरहेको प्रदेशस्तरीय भेला र अबको थप नया“ नीति अनुसार कसरी बढ्दै छ त अपरेटर संघ ? यिनै विषयमा केन्द्रित रहेर प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा गरिएको कुराकानीको सारसंक्षेप । 


भरत चन्द
संयोजक
प्रदेश नम्बर ५
नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ

सर्वप्रथमतः भव्य र सभ्य रुपमा सम्पन्न हुन गइरहेको नेपाल हेभि इक्युपमेन्ट अपेरटर संघ प्रदेश नम्बर ५ को प्रथम भेलामा सबैलाई दाङको तुलसीपुरमा हार्दिक स्वागत गर्दछु । ‘एक थुकी सुकी सय थुकी नदी’ भने झै हामी छरिएर रहेका अपरेटरहरुलाई गोलवद्ध गर्न यो प्रथम भेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।
हामीले हाम्रा अधिकार रक्षाका लागि एकतावद्ध हुन जरुरी ठान्यौँ र अहिले गोलवद्ध हुने अभियानमा छौँ । प्रदेश नम्बर ५ मा पनि थुप्रै छरिएर रहेका अपरेटरहरुलाई प्रथम भेलाले संगठित गरी अधिकार रक्षाका लागि थप सहयोग पुग्ने आशा छ ।
प्रदेश नम्बर ५ का माननीय मूख्यमन्त्री शंकर पोखरलेको प्रमुख आतिथ्यतामा हुन लागेको भेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण सहकर्मी साथीहरु लाग्नुभयो । म उहाँहरुलाई हार्दिक सम्मान अनि धन्यवाद पनि दिन चाहन्छु ।
हामी राष्ट्र निर्माणमा जुटिरहँदा हाम्रा पनि थुप्रै समस्या छन् । हाम्रा ति समस्यालाई राज्यले सजिलै सम्बोधन गर्ने छ भन्ने आशामा छौँ । हिमाल होस् या पहाडका जोखिम ठाउँमा ज्यानको बाजी राखेर विकासको गतिलाई अघि बढाउँदै जनता र राज्यलाई सहयोग गरिराखेको अवस्थामा आज हाम्रा माग राज्यले सम्बोधन गर्न नसकिरहेको अवस्था पनि छ ।
राज्यले हाम्रा गुनासा कत्ति पनि सम्बोधन गरेको छैन् भन्न खोजेको होइन तर पनि भने जति अपेक्षा गरेजति हाम्रा समस्या राज्य तथा सरोकारवाला निकायले सुन्न नसकिरहेको अवस्था छ । म अहिले पनि आग्रह गर्न चाहन्छु । हाम्रा समस्यामा राज्य तथा अन्य सरोकारवाला निकाय गम्भीर बन्न सकोस् ।
हामी तपाईहरुलाई खुशी बनाउँछौँ विकासको गतिलाई अघि बढाएर तर हाम्रा गुनासा सम्बोधन गरेर हामीलाई पनि खुशी बनाउनुहुनेछ भन्ने मेरो अनुरोध छ । हाम्रा साथीहरु अहिले पनि विभिन्न ठाउँमा काम गर्ने क्रममा कतिले ज्यान गुमाउनुभएको छ,
कतिपय साथीहरु अंगभंग अवस्थामा रहनुभएको छ । काम गर्ने क्रममा ज्यान गुमाएका परिवार, घाइते तथा अंगभंग अवस्थामा रहेका परिवारलाई राज्यले क्षतिपूर्ति दिने वातावरण निर्माण गरोस् । आज हामी आफ्नो अधिकार रक्षाका लागि गोलवद्ध हुन थालेका छौँ ।
समय हिजोजस्तो छैन्, विगतमा भएका सम्झौता कार्यान्वयनको माग पनि गर्दछौँ । अहिले अपरेटरहरुले सहजरुपमा लाइसेन्स लिने वातावरण बन्न सकिरहेको छैन् । सरकारले यसतर्फ पनि ध्यान दिने छ भन्ने हामीहरु आशामा छौँ ।
हामी नजुटेको जुट्ने राष्ट्र निर्माणमा । जनतालाई विकास दिन लागेको सरकारले हामी पनि सरकारलाई जतिबेला पनि सहयोग गर्न तयार छौँ । तर हाम्रा समस्या समाधानमा पनि राज्य गम्भीर बन्नुपर्छ । लाग्छ अहिलेको तिब्र विकासका लागि हाम्रो साथ अपरिहार्य छ र हामी पनि देशको समृद्धि र जनताको आकांक्षालाई सम्बोधन गर्न लागिरहेका छौँ, लागिरहने छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here