Monday, April 22, 2024
Homeफिचरराजनीतिक चलखेल मुख्य समस्या

राजनीतिक चलखेल मुख्य समस्या

- Advertisement -spot_img

राप्ती बबईमा शैक्षिक अन्तरक्रिया …
राजनीतिक चलखेल मुख्य समस्यालसीपुर, ४ असार । पश्चिम दाङको सामुदायिक क्याम्पसको रुपमा चिनिएको राप्ती बबई क्याम्पसमा राजनीतिक चलखेल बढ्दा शैक्षिक सुधार हुन नसकेको यहाँका सरोकारवालाहरुले बताएका छन् ।
शैक्षिक सुधारका लागि क्याम्पसले गरेको अन्तरक्रियामा सरोकारवालाहरुले क्याम्पसलाई स्वतन्त्र शैक्षिक संस्थाको रुपमा लैजानु पर्ने बताएका थिए ।
राजनीतिक चलखेल बन्द गरेर शैक्षिक चलखेल बढाउन सरोकारवालाहरुले सल्लाह, सुझाव दिएका छन् । केही समय यता क्याम्पसमा राजनैतिक चलखेल र यसको चहलपहल निकै बढेकाले त्यसको प्रत्यक्ष असर क्याम्पसको शैक्षिक गुणस्तर, जनविश्वास र चरित्रमाथि पर्दै गएको भन्दै उनीहरुले सुझाव दिएका छन् ।
बुधबार सञ्चालन भएको गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्थाहरु बीचको समन्वय तथा सहकार्यको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले क्याम्पसको गुणस्तरता बढाउनका लागि गोपनीयतालाई समेत ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बोल्ने सहभागीहरुले वर्तमान समयमा सामुदायिक विद्यालय र क्याम्पसप्रतिको दृष्टिकोण गलत भएकाले यसको सुधार गर्नुपर्ने बताएका थिए ।

क्याम्पसमा राजनैतिक चलखेल र यसको चहलपहल निकै बढेकाले त्यसको प्रत्यक्ष असर क्याम्पसको शैक्षिक गुणस्तर, जनविश्वास र चरित्रमाथि पर्दै गएको छ ।

यस क्षेत्रको मुख्य शैक्षिक केन्द्रको रुपमा राप्ती बबई क्याम्पसलाई स्थापना गर्नका लागि राजनैतिक द्वन्द्वभन्दा अभिभावक, समुदाय र विद्यार्थीहरुसँगको समन्वयलाई बढाउनुपर्ने सुझाव दिए ।
अन्तरक्रिया कार्यक्रमको बारेमा जानकारी दिदै क्याम्पस प्रमुख युवराज रावतले सहकार्य र समन्वयको साटो यहाँका शैक्षिक संस्थाहरुले एकअर्कालाई प्रतिस्पर्धाको रुपमा हेर्ने हुँदा शैक्षिक गुणस्तरमाथि उठ्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
रावतले यहाँका शैक्षिक संस्थाले दिएको शिक्षा बजारमुखी तथा उत्पादनमूलक छ कि छैन भन्ने बिषयमा सोच्नुपर्ने अहिले मुख्य चिन्तनको विषय भएको बताए ।
विसं २०४७ सालमा समुदायको अग्रसरता र सक्रियतामा सामुदायिक क्याम्पसको रुपमा स्थापना भएको क्याम्पसको शैक्षिक गुणस्तरमा विगतको तुलनामा केही सुधार देखिएको भएपनि यसलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्ने बताईएको थियो ।
पातु वनगाउँका प्रधानाध्यापक शालिकराम लामिछानेले समयानुसार क्याम्पसमा प्राविधिक विषयमा समेत पढाइ सञ्चालन गरिनुपर्ने बताए । ‘राप्ती बबई सबैको आशाको धरोहर हो,
यसको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धनमा सबैको आ–आफ्नो भूमिका पक्कै छ’, उनले भने ‘तर यसका लागि सर्वप्रथम क्याम्पसमा प्राविधिक विषयमा कक्षा सञ्चालन हुनुप¥यो ।
गोविन्द बहादुर घर्तीले पढाइसँगै विद्यार्थीहरुलाई नैतिकवान बनाउनुपर्ने कुरामा जोड दिए । शिक्षक–शिक्षकबीचको राजनैतिक द्वन्द्वको अन्त्य गरी शिक्षामा अभिभावक र विद्यार्थीले विश्वास गर्ने खालको वातावरण सिर्जना गर्नुपर्ने आजको मुख्य आवश्यकता रहेको औँल्याए ।
राप्ती बाल एकाडेमी तुलसीपुरका प्रधानाध्यापक ठाकुर प्रसाद डाँगी, सरस्वती मावि तुलसीपुरका बसन्त प्रसाद न्यौपाने, मावि कालाखोला प्रधानाध्यापक राजिव ओझा,
गोरखा माविका प्रधानाध्यापक विजय जिएम, हाम्रो पहुँच सेकेण्डरी स्कुलका शिव कुमार पुनलगायतले तल्लो तहदेखि माथिल्लो तहसम्मका विद्यार्थीहरुका लागि गुणस्तरीय सिकाइका मापदण्ड के भन्ने विषयमा आफूहरु प्रष्ट हुनुपर्ने सुझाव दिए ।
विद्यार्थीहरुका निम्ती शिक्षकहरुको अपनत्व, सञ्चार, सामाजिकरण, सामुहिक कार्य, उद्यमशीलता, लगनशीलता, चिन्तनशैलीलगायतका व्यवहारिक कुरामा समेत प्राज्ञिक हुनुपर्ने सल्लाह दिएका छन् ।
उनीहरुले परीक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने, नयाँ अभियानसहित शैक्षिक संस्थालाई अगाडि बढाउनुपर्ने कुरामा समेत जोड दिएका थिए ।
कार्यक्रमका सहभागीहरुको सुझाव संकलन गर्दै सञ्चालन समिति अध्यक्ष देवकोटाले शैक्षिक गन्तव्यलाई बलियो, बजारमुखी शिक्षा बनाउनका लागि आफू र क्याम्पस परिवार कटिवद्ध भएर लागेको बताए ।
उनले उच्च शिक्षाको नाममा यस तुलसीपुर क्षेत्रको रकम बाहिरी जिल्लामा गएकाले यसको रोकथाममा सवै लागि पर्नुपर्ने बताए । प्रादेशिक विश्वविद्यालयको रुपमा यस क्याम्पसलाई स्थापना गर्नका लागि शैक्षिक सरोकारवालहरुको सहयोग र सहकार्यको आवश्यकता रहेको समेत बताए ।
त्रिभुवन विश्वविद्यालयको सम्वन्धनमा सञ्चालन भएको राप्ती बबईमा हाल मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायमा स्नातकतह, स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन हुने गरेको छ ।
यस्तै ११ र १२ कक्षाहरु समेत सञ्चालन हुँदै आएका छन् । सहायक क्याम्पस प्रमुख सूर्यप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहायक क्याम्पस प्रमुख जीवन शर्माले सञ्चालन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here