Monday, April 22, 2024
Homeफिचरमोटरसाईकल दुर्घटनामा तीन घाइते

मोटरसाईकल दुर्घटनामा तीन घाइते

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २२ असार । दाङमा छुट्टाछुट्टै स्थानमा मोटरसाईकल दुर्घटना हुदाँ तीनजना घाइते भएका छन् । बबई गाउँपालिका–६ खिलतपुर स्थित पूर्वबाट पश्चिमतर्फ गईरहेको रा ४ प ७४६४ नम्बरको मोटरसाइकलले ४ बर्षिय बालिकालाई ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।
मोटरसाईकलले पूर्णबहादुर ओलीको ४ बर्षिय बालिकालाई ठक्कर दिएको हो । घाइते बालिकाको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय खिलतपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
यस्तै तुलसीपुर घोराही सडकखण्डको राप्ती पेट्रोल पम्प नजिकै दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजना घाईते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१८ निवासी २१ वर्षका राजेश बराल र तुलसीपुरको बरुवागाउँ निवासी २४ वर्षका विपिन ज्ञवाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुरबाट हात्तीखौवा जाँदै गरेको भे८प ८०९४ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आइरहेको लु ५९ प ८९९९ नम्बरको मोटरसाइकल ठोक्किदा उक्त दुर्घटना भएको हो । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाईते दुबैजना मोटरसाईकल चालक रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here