Friday, April 26, 2024
Homeफिचरमृत्यु बिमा रकम हस्तान्तरण

मृत्यु बिमा रकम हस्तान्तरण

- Advertisement -spot_img

तुलसीपुर, १ असोज । तुलसीपुरमा रहेको वित्तीय संस्थाले एक महिलालाई बिमा रकम हस्तान्तरण गरेको छ । संस्थाले मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं ७ श्रीगैं निवासी अम्मी बस्नेतलाई मृत्यु दावी बिमा रकम हस्तान्तरण गरेको हो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडअन्तरगत गणेशपुर समूह सदस्य देविराम बस्नेतको परिवारलाई राहत स्वरुप १४ हजार मृत्यु बिमा रकम प्रदान गरिएको छ । रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडमार्फत प्राप्त भएको उक्त विमा रकम निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका तुलसीपुर शाखा प्रबन्धक पिताम्वर पौडेलको संयोजकत्वमा बिहीबार रकम प्रदान गरिएको हो ।
उक्त बिमा रकम हस्तान्तरण संस्थाका प्रबन्धक पिताम्बर पौडेलको मृतकको परिवारलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रबन्धक पौडेलले १८ देखि ७० वर्षका महिलाहरुलाई समूहमा आवद्ध गराई संस्थाले विभिन्न आयआर्जनमूलक क्षेत्रमा लगानी गरेको बताए । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा १९ जनालाई १४ हजार देखि ५ लाखसम्म बिमा रकम प्रदान गरेको थियो ।
गत वर्ष २०७५ साल फागुन २८ गते बिरामी भई मृत्यु भएका श्रीमानको नाममा रहेको बिमा रकम पाउदा आफूलाई राहत मिलेको मृतककी श्रीमती अम्मीले बताईन् । कार्यक्रममा संस्थाका लेखापाल शंकर पाण्डे,
क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम अधिकृत नवराज जोशी, पशु सेवा शाखाका शाखा प्रमुख सुवास आचार्य, केन्द्र परिचालिकाहरु सीता कुमारी चौधरी, मनिषा कुमारी पुन, सुनिता विसी चौधरी, रेश्मा नेपालीलगायत विभिन्न केन्द्रका महिलाहरुको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here