Friday, April 26, 2024
Homeमुख्य खबरमुटु रोग अस्पताल स्थापना गर्ने प्रकृया बढाउने

मुटु रोग अस्पताल स्थापना गर्ने प्रकृया बढाउने

- Advertisement -spot_img

घोराही, १६ पुस । रोटरी क्लव अफ दाङले घोराहीमा मुटु रोगको उपचारका लागि अस्पताल स्थापना गर्न प्रकृयालाई अघि बढाउने निर्णय गरेको छ । क्लवको घोराहीमा बसेको नियमित बैठकले मुटु रोगका बिरामीहरूको उपचारका लागि क्याथ ल्याव स्थापनाको योजनालाई पारित गर्दै आवश्यक प्रकृयाहरूलाई अघि बढाउने निर्णय गरेको हो ।
क्लवका अध्यक्ष डा. निरन्जन आचार्यको अध्यक्षतामा बसेको बैठकले मुटु रोगको उपचारका लागि अस्पताल स्थापना गर्न सरोकारवालाहरूसँग बृहत छलफल र समन्वयनको कामलाई अघि बढाउने निर्णयसमेत गरेको छ । साथै बैठकले आधारभूत विद्यालय सवारीकोटको बाल विकास कक्षालाई आवश्यक पर्ने शैक्षिक सामाग्रीहरू उपलब्ध गराउने र त्यसको समन्वयका लागि शरद अधिकारीलाई संयोजकको जिम्मा दिएको छ ।
त्यसैगरी विद्यालयहरूमा सेनेटरी प्याडको वितरण, फिल्टर प्रदानको कामलाई पनि छिट्टै अघि बढाउने निर्णय गरेको रोटरीका महासचिव रजिब उल्लाह खानले जानकारी दिए । साथै रोटरीले राप्ती पोष्ट राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक शरद अधिकारी, रेडियो मध्यपश्चिमका सम्पादक निमुसंगम घर्ती, जेसिजका राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारी, प्रदिप मजगैयाँ, चेतनारायण पाण्डे, गजेन्द्र बर्मा, प्रदिप सुवेदी र निष्ठा न्यौपानेलाई सम्मानसहित कदरपत्र प्रदान गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here