Friday, April 26, 2024
Homeफिचरमिलनसार दिदी बहिनीलाई आर्थिक सहयोग

मिलनसार दिदी बहिनीलाई आर्थिक सहयोग

- Advertisement -spot_img

सिसहनिया (दाङ), १२ मंसिर । समाजमा गाउँघरका दिदी बहिनीहरुमाझ मिलनसार तथा सहयोगी रहेकी क्यान्सर पीडित राप्ती गाउँपालिका वडा नम्बर ८ पीपरी निवासी धना भण्डारीलाई सिसहनिया तथा पीपरीका दिदिबहिनीहरुले स्वास्थ्य उपचारका लागि प्रथम चरणमा २८ हजार ५ सय ७१ रुपैयाँ सहयोग गरेका छन् । मानवताको हिसाबले मिलनसार तथा सहयोगी धना भण्डारीलाई स्थानीय नागरिकहरुबाट सहयोग संकलन गरी उपचार सहयोग स्वरुप सहयोग गरिएको सहयोग टोलीकी स्यामा रावतले बताइन् । आर्थिक अवस्था कमजोर भएकी, समाजमा मिलनसार धना भण्डारीको आन्द्रामा क्यान्सर भएको र चितवन क्यान्सर अस्पतालमा प्रारम्भीक उपचार भएपनि आर्थिक अभावका कारण थप उपचार गर्न असहज भएकोले आर्थिक सहयोग संकलन गरि गाउँघरका दिदीबहिनीहरुको हिसावले सहयोग संकलनका लागि लागिरहेको सहयोग टोलीकी दुर्गा ग्वाङ्गले बताइन् ।
क्यान्सर पीडित राप्ती गाउँपालिका पीपरी निवासी धना भण्डारीलाई राप्ती गाउँपालिकाले पनि नियमानुसार आर्थिक सहयोग गर्ने र थप आर्थिक सहयोगका लागि स्वास्थ्य मन्त्रालयमा समेत सिफारिस गरिने वडा नम्बर ५ का वडा अध्यक्ष गोवद्र्धन रावतले जानकारी दिए । एउटा मिलनसार तथा सहयोगी दिदीबहिनीलाई समस्या परेको कारण सहयोग संकलन तथा सहयोगका लागि लागेको र थप सहयोगका लागि सम्पूर्ण महानुभावहरुलाई अनुरोधसमेत गरिएको सहयोग टोलीकी स्यामा रावतको भनाई रहेको छ ।
यसैबीच गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुरका अग्निपीडितलाई गढवा गाउँपालिकाले राहत सामाग्री वितरण गरेको छ । सोमबार राति गढवा गाउँपालिका–५ समी उल्लाह मसुलवानको घरमा आगलागि भएको थियो । गढवा गाउँपालिका विपद ब्यवस्थापन समितिले १५० किलो चामल, ३ वटा बाल्टी, खाना पकाउने तथा खाना खानका लागि भाडा ३ सेट, दैनिक उपभोग गर्ने सरसफाईका सामानहरु तत्काल
उपलब्ध गराएको छ । विपद ब्यवस्थापन समिति गढवा गाउँपालिकाका संयोजक प्रकाश भण्डारीले करिव २५ हजार बराबरको राहत सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । यसैबीच नेपाल रेडक्रस सोसाईटी शाखा गढवाले पनि राहतका सामाग्री उपलब्ध गराएको छ । आगलागिबाट एक घर पूर्णरुपमा नष्ट भएको छ । आगलागि हुँदा करिब नौ लाख बराबरको क्षति भएको गढवा गाउँपालिकाका विपद ब्यवस्थापन समितिका कार्यक्रम ब्यवस्थापक कैलाश चौधरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here