Friday, April 26, 2024
Homeविचारमाग्नेको कम छैन, दिनेको दम छैन

माग्नेको कम छैन, दिनेको दम छैन

- Advertisement -spot_img

यहाँ माग्ने भन्ने बित्तिकै ढोका ढोका चाहार्ने र हात थाप्नेलाई भन्ने बुझिन्छ । यहाँ माग्ने भन्ने बित्तिकै गल्ली–गल्ली, चोक–चोक धाउने र दुई चार पैसाको लागि दुःख देखाउनेलाई बुझिन्छ ।
यहाँ माग्ने भन्ने बित्तिकै भोको पेटको लागि एक गाँस अन्न र नाङ्गो शरीरका लागि एकसरो लुगा, फाटेको लागि अनुनय विनय गर्नेलाई बुझिन्छ । सामान्य रुपमा हेर्दा बुझ्दा र भोग्दा हुँदा खाने जतिमात्र माग्ने हुन् भन्ने ठाने तापनि वा स्तविक रुपमा हेर्ने हो भने,
बुझ्ने हो, जान्ने हो, सुन्ने हो र भोग्ने हो भने हामी सबै माग्ने हौँ । यदि कोही कसैले म माग्ने होइन भन्यो भने उसले समक्ष प्रमाणित गरेर देखावस् । किनकी कसैले धन मागिरहेका छन् । कसैले श्रीसम्पत्ति मागिरहेका छन्, कसैले बल वुद्धि मागिरहेका छन् ।
कसैले शक्ति सामाथ्र्य मागिरहेका छन् । कसैले छोराछोरी मागिरहेका छन् । कसैले श्रीमान, श्रीमती मागिरहेका छन् । कसैले इज्जत प्रतिष्ठा मागिरहेका छन् । कसले पद र कुर्सी मागिरहेका छन् । कसैले आफ्नो परिवारको उज्ज्वल भविष्य मागिरहेका छन् ।
कसैले शत्रु विजय गर्ने अस्त्र मागिरहेका छन् । कसैले रुप र यौवन मागिरहेका छन् । कसैले जाल र षड्यन्त्र मागिरहेका छन् । कसैले मोह र आकर्षण मागिरहेका छन् । कसैले त्याग र विकर्षण मागिरहेका छन् । कसैले मेल र संयोग मागिरहेका छन् ।
कसैले वेमल र वियोग मागिरहेका छन् । यहाँ सारा सबचिज मागेको र कल्पना गरेको कुरा लेखेर र उल्लेख गरेर साध्य नै छैन् । यति धेरै माग्छन्, यति धेरै माग्छन् जो कुरा जान्न र सुन्न नै असम्भव छ । यति कुरा माग्ने हाम्रो समाज र राष्ट्र दिनेको कुनै दम छ ?
हामी एउटा सामान्य व्यक्ति हाम्रो घरदैलोमा माग्न आयो भने खुरुक्क मागेको कुरा दिनुको सट्टा के भन्छौँ थाहा छ ‘यस्तो हात खुट्टा सबल भएको मान्छेले त काम गरेर खानुनी … किन यसरी माग्दै हिडेको होला, काम गर्ने अल्छीले मागी खान लाज लाग्दैन ?’
आदि इत्यादी भनेर घुख्र्याउँछौँ । अर्ति–उपदेश दिन्छौँ र मन नलागी–नलागी केही चिज फालिदिन्छौँ । त्यतिबेला हामीलाई थाहा हुँदैन की यो उसले रहले मागेको हो की बाध्यताले ? कसैलाई माग्न रहर लाग्ला र ? त्यो कुरा हामीले किन बुझ्दैनौँ ?
हामीले नानाथरी कुरा अवोध र अमुर्त देवी शक्तिबाट माग्दा वा कुनै चाहना गर्दा हामीलाई पनि प्रभुले त्यस्तै जवाफ दिए भने हामीलाई कस्तो महशुस हुन्छ होला ?
हामी पनि सर्वसम्पन्न हुँदाहुँदै पनि प्रभुका समिपमा केहि न केहि त माग्छौँ नि ? हामीले अबोधरुपी तथा अमूर्तरुपी प्रभुका साथमा अनेकौँ कुरा माग्दा हात थाप्दा अन्यथा नहुने तर हामी ज्ञान,
चेतना र बोध भएका मूर्तरुपी मानवसँगै कोही अर्को मानवले केही कुरा माग्दा अनौठो हुने, हामी कस्तो मानव ? हामी एउटा मानवले अर्को मानवलाई त सही व्यवहार गर्न सकेनौँ भने ईश्वर तथा प्रभु जो अदृश्य तथा अपरम्पार छन् ।
एउटा माग्नेले अर्को माग्नेलाई हेप्नु अपराध होइन र ? जसरी सर्वसम्पन्न मानिसले हरेक कुरा एउटा मन्दिर तथा त्यसभित्रका मूर्ति तथा देवतालाई शक्ति मानेर सबथोक माग्दछौँ र पूजा आरधना गरेर आफ्नो भक्तिभाव प्रकट गर्दछ भने सामान्य माग्नेले पनि हामीलाई ईश्वरका रुपमा र शक्तिका रुपमा ग्रहण गरेर वा स्विकार गरेर त मागेको होला नि ?
त्यो कुरा हामीलाई किन हेक्का हुँदैन् । हुने खानेका लागि देवी देवता ईश्वर हुन भने हुँदाखानेका लागि धनीमानी ईश्वर हुन् । त्यसैले त धनीसँग गरिब माग्न आउँछ ।
यदि धनीले पनि आफूलाई कुनै न कुनै माग्ने दर्जामा राखेर त्यो माग्नेको चित्त बुझायो भने सायद धनीका देवीदेवता पनि प्रसन्न हुन्छन् होला । संसारमा कोही मानिसबिना अभावको होला र कुनै न कुनै कुराको त अभाव छ नै ।
यदि कोहि कसैले आफूलाई अभावरहित पुष्टि गर्न खोज्यो भनेपनि कि त निन्द्राको अभाव होला कि त भोकको अभाव होला, कि त प्यासको अभाव होला, कि त स्फुर्तिको अभाव होला ।
सबैथोक भएर पनि राति निन्द्रा लाग्दैन् भने त्यो के भयो ? सबैथोक भएर पनि दिउँसो भोक र प्यास लाग्दैन भने त्यो के भयो ? सबैथोक भएर पनि शरीरमा जोश, जाँगर र चैन छैन भने त्यो के भयो ?
त्यसकारण अभावरहित कुनै पनि प्राणी रहन र बस्न सक्दैन् । त्यही अभाव पूर्ति तथा परिपूर्ति गर्नका लागि नै आफ्ना शक्तिलाई पुकार्ने र माग्ने हो । शक्तिका स्रोतमा देवी–देवता पितृ मानव दानव जोकोही पनि हुन सक्छन् ।
एउटा मन्दिर भित्रका पुजारीले मन्दिरका देवीदेवतालाई विधिपूर्वक पूजाआजा गरेर अनेकौँ कुरा मागेर, हात थापेर, आफ्नो पूजा सक्छन् र मन्दिर बाहिर आउँदा दुई हात थापेर माग्नेलाई यो त माग्ने ठाउँ होइन्, चढाउने ठाउँ हो भनेर केही पनि नदिएर धपाउँछन् ।
के यो चक्रिय प्रणाली हो ? आफूले त्यही मन्दिरमा केही पाउनकै लागि भक्तजनलाई पूजा गर्न र भेटी चढाउन लगाउने तर त्यसै ठाउँमा माग्नेलाई रित्तो हात पठाउने ? त्यो मन्दिर बाहिर माग्ने मानव सृष्टि ग¥यो कसले ?
त्यो मन्दीरभित्र साँझ(बिहान देवीदेवताको पूजा गर्न पूजारीको सृष्टी ग¥यो कसले ? यस धर्तीका हुने खाने र बोलवाला सृष्टी ग¥यो कसले ? यो धर्तीका गरिब, निमुखा, असहाय र दीनदुःखीलाई सृष्टि ग¥यो कसले ?
सबैका सृष्टिकर्ता एउटै ईश्वर होइनन् ? सबैका घट–घटमा बास बस्ने एउटै ईश्वर होइनन् ? एकातिर ईश्वरलाई खुशी र प्रशन्न पार्ने नाममा र बहानामा अनेकौँ धर्म र कर्म गर्छौ भने अर्कोतर्फ उनै ईश्वर चिडिने र रिसाउने गतिविधि र क्रियाकलाप गर्छौ ।

सर्वसम्पन्न मानिसले हरेक कुरा एउटा मन्दिर तथा त्यसभित्रका मूर्ति तथा देवतालाई शक्ति मानेर सबथोक माग्दछौँ र पूजा आराधना गरेर आफ्नो भक्तिभाव प्रकट गर्दछ भने सामान्य माग्नेले पनि हामीलाई ईश्वरका रुपमा र शक्तिका रुपमा ग्रहण गरेर वा स्विकार गरेर त मागेको होला नि ? त्यो कुरा हामीलाई किन हेक्का हुँदैन् । हुनेखानेका लागि देवी देवता ईश्वर हुन भने हुँदाखानेका लागि धनीमानी ईश्वर हुन् । त्यसैले त धनीसँग गरिब माग्न आँउछ ।

यसरी हामी कसरी सच्चा ईश्वरको भक्त हुन सक्छौँ ? ईश्वरलाई चिन्न र देख्नको लागि मानवभित्रको आत्मा र परात्मालाई पनि त चिन्नुप¥यो नि ?
हामी पशुपति क्षेत्रमा जन्मेका र हुर्केका नेपाली आज किन चाहेजस्तो र खोजेजस्तो शक्ति सम्पन्न हुन र बन्न सकेका छैनौँ । गौतमवुद्ध जस्तो पावनभूमिमा जन्मेका र हुर्केका हामी नेपाली शान्ति र अमनचयनका साथ बस्न, हिड्न र डुल्न सकिरहेका छैनौँ ।
वेदव्यास तथा श्रृंगी ऋषिहरुको तपोभूमिमा जन्मेका र हुर्केका हामी नेपालीमा सदुवुद्धि र सद्भाव जाग्न सकिरहेको छैन् ? किनभने हाम्रो आचरण न्यायसंगत छैन्, हाम्रो संस्कार धर्मसंगत छैन्, हाम्रो व्यवहार कर्मसंगत छैन्, हाम्रो भक्तिभावना चरित्रसंगत छैन् ।
हाम्रो क्रियाकलाप तथा गतिविधिहरु आचरणसंगत छैनन् । हाम्रो सोँच तथा मान्यता परम्परागत संगत छैन् । जसका कारण हामी उल्टो फल प्राप्त गरिरहेका छौँ र उल्टो परिणाम भोग्न बाध्य एवं विवश छौँ ।
हाम्रा शास्त्र, वेद, पुराण, श्रुति र स्मृतिअनुसार हामी चल्न र ढल्न सकेका छैनौँ । एउटा सामान्य तथा साधारण माग्नेको चित्त हामीबाट लुटिन्छ र खोसिन्छ भने असामान्य र असाधारण,
अलौकिक अपरम्पार तथा सर्वव्यापी ईश्वरको चित्त हामीले कसरी बुझाउन र रिझाउन, खुशी पार्न र सन्तुष्ट पार्न सकेका हौँला ? कल्पना गर्न सकिन्छ ? ईश्वर हामीदेखि प्रशन्न छन् भनेर ।
एउटा माग्नेलाई खुशी र प्रशन्न मनले दश रुपैयाँ दिइयो र चढाइयो भने कुनै प्रतिक्रिया पाइन्छ ? जहाँ क्रिया, प्रतिक्रिया केही पाइदैँन त्यस्तोमा जहाँ हामी हजारौ र लाखौँ रुपैयाँ चढाउन र दान गर्न तयार छौँ तर जसले ठाउँको ठाउँ आशीर्वाद दिएर धन्य–धन्य गाउँदै जान्छन्
उसलाई दश रुपैयाँसमेत हासीखुशी दिन चाहन्नौँ त्यसैले त हो हामीले दुःख पाएको । भनिन्छ नि ‘जस्तो काम, उस्तै परिणाम ।‘ जसको घट–घटमा ईश्वरको बास हुन्छ उसलाई वास्तै छैन् । जहाँ केबल मूर्ति र तस्विर मात्र रहन्छन् त्यहाँ ठूलै चिन्ता र चासो छ ।
मन्दिर ईश्वरीय स्वरुपको दर्शन गर्ने ठाउँ हो । मन्दिर देवी तथा देवताको रुप दर्शन गर्ने ठाउँ हो तर असली शक्ति प्राप्त गर्ने भनेको त दीनदुःखीको सेवा नै हो । त्यसैले त भनिएको छ, ‘सेवा नै परम धर्म हो ।’ ‘सेवा गर्ने मेवा मिल्छ, गाली गरे कुन्न ?’
‘पूजा गरे भूजा मिल्छ, ध्यान गरे सुन्नी ।’ अर्थात् सेवा गरेमा प्रत्यक्ष फल प्राप्त हुन्छ । अपमान गरी गाली गरेमा सराप लाग्छ । पूजा गरेमा आनन्द प्राप्ति हुन्छ र ध्यान गरेमा ईश्वरको बास हुन्छ ।
शरीरको मन तथा हृदय कोमल तथा कमलो हुन्छ । हामीले कोही पनि माग्ने देख्ने वित्तिकै रहरले मागेको, अल्छीले मागेको वा नाटक अभिनय गरेको नठानौं र नमानौं ।
कसैका लागि माग्नु अन्तिम उपाय हो । मर्नुभन्दा माग्नु बेश लागेर र ठानेर नै मानिस मगन्ते बन्छ । जो माग्ने बन्छ, त्यो सच्चा इमानदारी र साहसी पनि हो । किनभने माग्नेको लाजले कसैको चोर्ने निधो पनि गरेन ।
माग्नेको सरमले आफ्नो ज्यान गुमाउने कायरता पनि प्रकट गरेन । यत्रो समाजसामू आफूलाई मगन्ते बनाएर भएपनि यो धर्तीमा जीउन चाह्यो र मानवीयता प्रकट गर्न चाह्यो । यही माग्नेको लाज र सरहले गर्दा कति मानिस चोर बनेका छन् ।
कति मानिस गुण्डा बनेका छन् । कति मानिस कुख्यात डाँकु बनेका छन् । कति मानिस हिंसा र हत्यामा उत्रिएका छन् । कति मानिस भ्रष्टाचारी र व्यभिचारी बनेका छन् । यस्ता प्रकृतिका मानिसले एउटा परिवार, समाज,
छिमेक तथा सिंगो राष्ट्रलाई समेत आतंकित र भयभित पारेका छन् र बनाएका छन् । जो देखि हामी आक्रोसित र निर्दयी बन्नु पर्ने हो त्यो देखि हामी टाढै छौ ।
न त हामी त्यस्तालाई कुनै अर्ति दिनसक्छौं न त उपदेश नै । जो समाजका शान्तिकामी घुमन्ते, फिरन्ते तथा मगन्ते हुन उनका लागि हामी अलि कठोर र निर्दयी छौ ।
यो हाम्रो व्यवहारले भोलि कतै शान्तरुपले माग्दै गरेको मानिस अशान्त रुपले गुण्डा र चोर त बन्ने होइन ? बेलैमा सचेत र होसियार बनौं । शान्तिप्रिय भएर मागरे खादासमेत आफ्नो जीउ पाल्न सकिएन भने ऊ के गर्ला त ?
शुरुमा त उसले राम्रै निर्णय लियो । चोर्नु भन्दा माग्नु बेश ठान्यो । मर्नुभन्दा माग्नु बेश ठान्यो । यो निर्णयलाई उल्टाउने वातावरण सिर्जना हामीले ग¥यौं भने त्यसको सिकार पनि हामी नै हुनेछौं । त्यसले माग्नेलाई सम्मान गरौं, माग्नेलाई कदर गरौं ।
माग्नेलाई इज्जत गरौं । उसको पनि चाहन बुझौं । उसको पनि भावना बुझौं । उसको पनि इच्छा बुझौं । उसको पनि आकांक्षा बुझौं । उसको पनि कल्पना बुझौं । उसको पनि कामना बुझौं । यो धर्तीमा उसले मात्र मागेको होइन र छैन ।
यहाँ माग्नेको कम छैन र दिनेको दम छैन । सबै माग्ने भएपछि दिने चाहिँ कसले ? लिने पनि माग्ने र दिने पनि माग्ने । लिने र दिने दुबैजना माग्ने भएपछि दिनेवाला को हो ?
त्यसैले यहाँ माग्नेको भिडमा एउटा माग्नेले अर्को माग्नेको भावनामा ठेस पु¥याउने काम कदापि नगरौं । दिन सकिन्छ दिऊँ । दिन सकिन्न नदिऊँ ।
तर नानाभाती भनेर अर्ति उपदेश दिएर आफ्नै खिल्ली उडाउने काम नगरौं । यो धर्ती सबैको हो र यो धर्तीका सबै ईश्वरका सन्तति हुन् । चाहे धनी होस्, चाहे गरिब होस ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here