Saturday, April 27, 2024
Homeमुख्य खबरमहिलालाई अटो चलाउने तालिम

महिलालाई अटो चलाउने तालिम

- Advertisement -spot_img

तुलसीपुर, १६ जेठ । अटो चलाएर महिलालाई आत्मनिर्भर बनाउन शान्तिनगर गाउँपालिकामा १५ दिने अटो चलाउने तालिम शुरु भएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा सामाजिक शाखाका आयोजनामा १५ दिने अटो चलाउने तालिम शुरु भएको हो ।
गाउँपालिकाभित्रका निम्न आय भएका तथा अटो चलाएर आत्मनिर्भर बनाउन अटो चलाउने तालिम प्रदान गरिएको महिला, बालबालिका तथा सामाजिक शाखाका प्रमुख गुप्ता अधिकारीले जानकारी दिइन् ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले अटो चलाएर तालिमको उद्घाटन गरिएको हो । तालिमको उद्घाटन गर्दै अटो चलाउने तालिम महिलाका लागि फलदायी हुने बताए ।
उनले सिपलाई व्यवहारमा कार्यान्वयन लैजान गाउँपालिकाले अटो किन्न नसक्ने महिलालाई अर्को आर्थिक वर्षमा केही रकम उपलब्ध गराउने बताए ।
तालिम लिन आएकी शर्मिला चौधरीले आफू अटो चलाएर आत्मनिर्भर बन्न तालिममा सहभागी भएको बताईन् । तालिममका वडाका नौ जना महिलाका सहभागिता रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here