Friday, April 26, 2024
Homeमुख्य खबरमल माग्दै सिडिओ कार्यालय

मल माग्दै सिडिओ कार्यालय

- Advertisement -spot_img

घोराही, ३ साउन । दाङका किसानहरुले रासायनिक मल नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयका ध्यानाकर्षण गराएका छन् । बर्षायाम सुरु भएदेखि नै मल खोज्दै बजारमा भौतारिरहेका किसानहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई तत्काल मलको व्यवस्था गर्न माग गरेका छन् ।
मल खोज्दै बजारमा विभिन्न गाउँहरुबाट आएका किसानहरुले सहज ढंगले आवश्यकता अनुसारको मल उपलब्ध गराउने गरी भूमिका खेल्न माग गरेका हुन् । किसानहरुको समस्याप्रति कोही पनि जिम्मेवार नभएको भन्दै किसानहरुले अनुदानको मलमा पनि चलखेल भएको बताएका छन् ।
जवाफमा प्रमुख जिल्ला अधिकारी रिजालले रातदिन मल उपलब्ध गराउने विषयमा माथिल्लो निकायमा भनि रहेको बताए । आफूहरु पनि निकै चिन्तित भएको भन्दै उनले किसानको मर्कालाई बुझे पनि पर्याप्त मल उपलब्ध गराउन नसक्नु दुखद् बिषय भएको उल्लेख गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here