Saturday, April 27, 2024
Homeफिचरमन र मत बदल्नुस्

मन र मत बदल्नुस्

- Advertisement -spot_img

मंसिर १४ को चुनावी रौनक चलेको छ । दल तथा उम्मेदवारहरू मत माग्न गाउँ–गाउँमा पुगेका छन् । मतदाता पनि दक्ष, सक्षम र योग्य उम्मेदवार छनौट गर्ने साेंचमा छन् । दाङमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि सातजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । अहिले समीर वली स्वतन्त्र उम्मेदवार बनेका छन् । चौधरी आफ्नो पक्षमा मत पार्न घरदैलो अभियानमा व्यस्त रहेका छन् । आजको अंकमा हामीले घोेराही–१६ वडा अध्यक्षका लागि स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा रहेका समीर वलीसँग कुराकानी गरेका छौं । 


स्वतन्त्र उम्मेदवारी किन ?

राजनीतिक दलको क्रियाकलाप देखेर जनतामा वितृष्णा जाग्दै गएको छ । त्यो देखेर नै मैले स्वतन्त्र उम्मेदवार दिएको हुँ । जताततै भ्रष्टाचार, कालोबजारी, बेरोजगार यी यावत समस्या देखेर नै स्वतन्त्र पदमा उम्मेदवारी दिएको हुँ ।

तपाईलाई मत किन दिने ?

किन नदिने ? म पढे लेखेको शिक्षित युवा हो । यो वडाको लागि वडा अध्यक्षको उम्मेदवार बन्न सक्षम प्रमाणित भईसकेको व्यक्ति । अब वडा अध्यक्ष बनाउने जिम्मा चाहिँ तपाईको अमूल्य मतको हो ।

तपाईलाई कसको समर्थन छ ?

मतदाताको । शुभचिन्तक पनि हुनुहुन्छ साथमा ।

जित्ने आधार के–के हुन् ?

पढे लेखेको एउटा जवान । आफ्नो वडाको लागि केही गर्छु भनेर आएको छ । म नै मेरो मुख्य आधार हो ।

चुनावी एजेण्डा के–के छन् ?

नमुना वडा बनाउने मेरो मुख्य एजेण्डा हो भने यहाँको विकास मेरो पहिलो प्राथमिकता हो । यहाँको पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षालगायतका विषयमा काम गर्ने एजेण्डा हुन् । बजेटको सही सदुपयोग, भ्रष्टाचाररहित सेवालगायतका एजेण्डा छन् ।

उपनिर्वाचनको तयारी के भईरहेको छ ?

घरदैलो कार्यक्रम भर्खरै सकियो । मतदाताहरूसँग भेटघाट । मेरो चुनावी एजेण्डाको बारेमा जानकारी गराउने । मतदाताहरूसँग मत माग्ने यसरी नै उपनिर्वाचनको तयारी भइरहेको छ । अहिले मतदाताहरूसँग मत माग्ने, सल्लाह, सुझाव माग्ने काम भइरहेको छ । चुनावी प्रचार प्रसारमा नै व्यस्त छु । मंसिर १४ गते हुने उपनिर्वाचनमा जिताउ अभियान कै तयारी भईरहेको छ ।

स्वतन्त्रबाट वडा अध्यक्ष जितिन्छ त ?

जितिन्छ, मतदाताहरूले मत दिनुभयो भने । राजनीतिक पार्टी नहेरे । एउटा उर्जाशील युवा वडाको लागि केही गर्छु भनेर आएको छ भन्ने मतदाताहरूले अवश्य पनि मत दिनुहुनेछ । यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा मलाई जिताउनु हुनेछ । म विश्वस्त छु  । तपाई मतदाताहरूले उडिरहेको चिलको चुनाव चिन्हमा मत दिएर जिताउनु हुनेछ ।

मतदाताहरू के भन्छन् त ?

मतदाताहरू हाम्रो चुनावी शैली देखेर नै खुशी हुनुहुन्छ । हाम्रो चुनाव प्रचारप्रसार अरूको जस्तो तडकभडक छैन । धेरै खर्च गरेर, धेरै नेता तथा कार्यकर्ताहरूको लस्कर लगाएर हामीले प्रचार प्रसार खर्च गरेका पनि छैनौं । सामान्य खर्चमा नै हामीले एकदम प्रभावकारी रूपमा चुनाव प्रचार प्रसार गरिरहेका छाँै । यो देखेर मतदाताहरू खुशी हुनुहुन्छ । हाम्रो समर्थन छ ।
तपाईलाई हामीले मत दिएर जिताउँछौँ भन्नुहुन्छ । राजनीति दलका नेताहरूले जस्तो नगर्नु भनेर खबरदारी गर्नुहुन्छ । उपनिर्वाचनमा मलाई नै मत दिएर जिताउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ । अबको उपनिर्वाचनमा एउटा स्वतन्त्र उम्मेदवारले नै जिते हुन्थ्यो भन्ने पक्षमा हुनुहुन्छ ।
हामी पनि आफ्नो पक्षमा मत तान्नको लागि मतदाताहरूसँग भेटघाट गर्ने, राय, सल्लाहरू लिने काम भईरहेको छ । उहाँहरूको विचार, अपेक्षाहरू बुझ्ने कोसिस गरेका छाँै । हामीलाई विश्वास छ मत दिएर जिताउनु हुनेछ भन्नेमा हामीलाई ।

अन्त्यमा केही छ ?

मंसिर १४ गते आउँदै छ । त्यसको तयारीमा हामी खटिएका छौँ । अब थोरै दिन मात्रै बाँकी छ । जसरी आजसम्म मलाई रातदिन चुनावी प्रचार प्रसारमा साथ दिनुभएको छ । त्यसरी नै मतदान गर्ने बेलामा मत दिए मलाई जिताउनु हुनेछ भन्नेमा आशा छ ।
यो पटक चाहीँ मन र मत बदलेर एउटा स्वतन्त्र उम्मेदवारलाई मत दिएर जिताउन अनुरोध गर्न चाहन्छु । धेरै पटक राजनीतिक दलका उम्मेदवारहरूलाई मत दिएर जिताउनु भयो र अपेक्षा जस्तो काम भएको छैन । एउटा स्वतन्त्र उम्मेदवारलाई मत दिएर जिताउनु हुनेछ भन्ने आशा जागेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here