Friday, April 26, 2024
Homeफिचरमधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रकोे तयारी

मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रकोे तयारी

- Advertisement -spot_img

घोराही, १८ मंसिर । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र दाङ शाखाले ब्रह्मा कुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको भवन शिलान्यासको बारेमा जानकारी गराएको छ । केन्द्रले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
केन्द्रले मंसिर २१ गते ब्रह्माकुमारी ‘मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र’को भवन निर्माणको शिलान्यासको तयारी भईरहेको जानकारी गराएको थियो ।
त्यसको लागि आज बुधबार ब्रह्माकुमारीज ‘मधुवन आध्यात्मिक पुनजागरण केन्द्र’को भवन निर्माणस्थलमा सरसफाई गरिने, मंसिर १९ गते बिहान ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग केन्द्र नेपाल शाखा घोराहीदेखि बजारको विभिन्न स्थानको परिक्रमा गरेर शान्ति यात्रा गरिने कार्यक्रम रहेको ब्रहमकुमार माधव तिमिल्सनाले जानकारी गराएका थिए ।
त्यसैगरी २० गते ब्रह्माकुमारीज नेपाल तथा भारतबाट आएका विशिष्ट व्यक्तिहरूसँग भेटघाट परिचयात्मक कार्यक्रम एवं स्वागत सम्मान कार्यक्रम गरिने जानकारी गराएका थिए ।
त्यसैगरी २१ गते बिहान ब्रह्माकुमारीज ‘मधुवपन आध्यात्मिक पुनर्जागरण केन्द्रको भवन निर्माणस्थलमा वैदिक विधि विधानसहित ब्राह्मणद्वारा भूमी पूजन गरिने र प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेल र ब्रह्माकुमारीज नेपालका अध्यक्ष निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिनिता दिदीबाट शिलान्यास गरिने जानकारी गराएका थिए ।
केन्द्रले भवन निर्माणको १५ करोड ५० लाखको स्टिमेट तयार पारेको छ । केन्द्रले सभागृह भवन, आवास निवास भवन, शौचालय भवन, बगैचा निर्माण, पर्खाल र प्रवेशद्वार निर्माणलगायतका योजनाहरू रहेको पत्रकार सम्मेलनमा ब्रह्माकुमार तिमिल्सनाले बताएका थिए ।
सहयोगको परिमाणलाई दाताहरूले निर्माण कार्यका लागि आवश्यक सामग्री दिएर पनि सहयोग गर्न सकिने बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्ष केन्द्र घोराही उपमहानगरपालिका वडा नं १५ मधुवन टोलस्थित देवराज पाण्डेबाट प्राप्त भएको जग्गामा भवनको मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको भवनको शिलान्यास गर्न लागिएको हो ।
भवन शिलान्यासको लागि भवन शिलान्यास मूल समारोह समिति, आर्थिक समिति, आवास निर्माण समिति, भोजनालय टोली व्यवस्थापन समिति, सूचना सञ्चार एवं प्रचार प्रसार समिति, मञ्च व्यवस्थापन समिति, स्वागत तथा अतिथि सम्मान समिति, साँस्कृतिक समिति, यातायात व्यवस्था, पार्किङ सहजीकरण समिति, स्वयम्सेवक, चियापानी व्यवस्थापन समिति, विद्युत, धारपानी र सरसफाई समिति र प्राथमिक उपचार समितिको समेत गठन् गरिएको छ ।
केन्द्रले क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आध्यात्मिक एवं मानवीय मूल्यसम्बन्धी विभिन्न प्रशिक्षण कार्यक्रम समेत गर्दै आएको छ । केन्द्रमा तनाव व्यवस्थापन तथा सकारात्मक चिन्तनसम्वन्धी प्रशिक्षण, राजयोगद्वारा सम्पूर्ण स्वास्थ्य, खुशीयाली जीवन एवं स्वस्थ समाजका लागि राजयोग, दुव्र्यसन मुक्ति कार्यक्रमहरू प्रशिक्षण दिदै आएको ब्रह्माकुमार तिमिल्सनाले जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनामा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले योजनाअनुरूप काम गर्न सुझाव दिएका थिए । उनले दाताले दिएको दानलाई सही सदुपयोग गर्न अनुरोध गरेका थिए । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम शर्माले भवन निर्माणको लागि प्रशासनमार्फत गरिने काममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासन, निर्माण व्यवसायी संघका प्रदेश संयोजक बलिभद्र राणा, ब्रह्माकुमार शिवलाल महतरालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्रकी गीता न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here