Saturday, April 27, 2024
Homeफिचरभू–संरक्षण गर्न स्थानीय स्रोतः शर्मा

भू–संरक्षण गर्न स्थानीय स्रोतः शर्मा

- Advertisement -spot_img

देउखुरी, २० माघ । प्रदेशसभा सदस्य रेवतीरमण शर्माले विपद्बाट जोगिन समुदाय स्तरको स्रोत, साधन र सीप उपयोगी हुने बताएका छन् । भू तथा जलाधार ब्यवस्थापन कार्यालय तुलसीपुरले लमहीमा आयोजना गरेको कम खर्चिलो भू–संरक्षण प्रविधि तालिमको शनिबार समापन गर्दै शर्माले यस्तो बताएका हुन् ।
शर्माले जलाधार व्यवस्थापनको लागि स्थानीयस्तरमा पाईने सामाग्री प्रयोग गरेर लागत घटाउन सकिने र यस्तो उपायलाई सरकारले प्राथमिकतामा राखेको पनि बताएका छन् । तालिममा प्रदेश नम्बर ५ अन्तर्गत दाङ, बाँके, बर्दिया, पूर्वी रुकुम, रोल्पा र प्यूठान जिल्लाका बाढी, पहिरोको चपेटामा परेका अगुवा व्यक्तिको सहभागिता थियो । तालिमका जेष्ठ सहभागी लक्ष्मीप्रसाद हमालको अध्यक्षता तथा प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शिवराम अधिकारी, सहभागी हेमराज बस्नेत, कमला पुन, सुशीलादेवी क्षेत्री, गणेश बुढा, नन्दबहादुर घर्ती, रेशमबहादुर खत्रिलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नासु शान्तराज गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here