Saturday, April 27, 2024
Homeफिचरबालश्रममुक्त गर्न अनुगमनमा तिव्रता

बालश्रममुक्त गर्न अनुगमनमा तिव्रता

- Advertisement -spot_img

तुलसीपुर, १५ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ लाई बालश्रममुक्त वडा बनाउने अभियानलाई तिव्रता दिइएको छ । घोषणाका लागि गठित उपसमितिहरु सक्रियरुपमा कार्य सम्पादनमा लागेका छन् भने मूल समिति सबै उपसमिति र गतिविधिको मूल्याङ्कन गरिरहेको छ ।
शुक्रबार घोषणा सभा मञ्च ब्यवस्थापन समितिको बैठक बसेको छ । उपसमितिका संयोजक दुजमान भण्डारीको अध्यक्षतामा बसेको बैठकमा घोषणा अभियानको बारेमा वडा अध्यक्ष नवराज लामिछानेले जानकारी गराएका थिए ।
उपसमितिले वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रिन्सिपलहरुसँग पनि छलफल गरेको छ । मञ्च तथा ¥याली व्यवस्थापनमा विद्यालयहरुको सहकार्यको बारेमा छलफल गरेको हो ।
कार्यक्रममा उपमहानगरको महिला महाशाखा प्रमुख माया श्रेष्ठ, वडा सदस्य युवा करारा, यमुना परियार, डिभाईन टेम्पलका प्रधानाध्यापक भोजराज न्यौपाने, दाङ भ्याली बोर्डिङका संस्थापक प्रधानाध्यापक लितक बहादुर शाहु, ज्ञानज्योति प्राविका प्रधानाध्यापक मेघराज घिमिरेलगायले अभियान सफल पार्न सबैको भूमिका अनिवार्य भएको बताएका थिए ।
यसैबीच बालश्रमिक राखेका सम्भावित स्थानहरुमा अनुगमन तथा काउन्सिलिङलाई तिव्रता दिइएको छ । मूल समिति तथा वडाका जनप्रतिनिधि र उपमहानगरको महिला तथा बालबालिका शाखाले संयुक्तरुपमा अनुगमनलाई तिव्रता दिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका विकास महाशाखा प्रमुख माया श्रेष्ठले केही दिनदेखि वडा नं ६ का विभिन्न स्थानहरुमा बालश्रमिकको अवस्थाका बारेमा अनुगमनलाई तिव्रता दिइएको बताइन् ।
शुक्रबार घोराही रोडमा अनुगमन गरिएको वडा अध्यक्ष लामिछानेले बताए । वडा अध्यक्ष लामिछानेले बालश्रमिक नराख्न सबैलाई आग्रहसमेत गरे । बालश्रमिक राख्नु कानुनी अपराध हो, राखेको पाइएमा कानुन अनुसार कारवाही हुन्छ उनले भने, बालश्रममुक्त वडा बनाउन सबै लागाँै र समृद्ध समाज निर्माण गरांै । यो अभियान सफल पारौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here