Friday, April 26, 2024
Homeमुख्य खबरबालविवाह न्यूनीकरण गोष्ठी

बालविवाह न्यूनीकरण गोष्ठी

- Advertisement -spot_img

दंगीशरण, १० पुस । ‘शिक्षित छोरीको शिक्षित विचार’ भन्ने मूल नाराका साथ दंगीशरणमा बालविवाह न्यूनीकरण गर्ने अभियानअन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई बालविवाह न्यूनीकरणसम्बन्धी अभिमुखीकरण गोष्ठी सोमबार भानु माध्यमिक विद्यालयमा भएको छ ।
दंगीशरण गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा कार्यक्रम भएको सम्पन्न भएको कार्यक्रम गाउँपालिकामा उपाध्यक्ष पिमा कुमारी खड्काको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक पदम वलीको प्रमुख आतिथ्यता तथा बागर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जोरा सिंह अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । गोष्ठीमा महिला तथा बालबालिका शाखाकी प्रमुख चन्द्रा वलीले बालविवाहको परिभाषा, बालविवाहको भनेको के हो ? बालविवाहले शिक्षा, स्वास्थ्य, मानसिक रुपमा पर्ने असर, बालविवाह भएमा बालबालिकाको अधिकारमा हुने हनन्, बालबालिकामा लागू हुने कानुनी ब्यवस्थाहरु, बालविवाह न्यूनीकरणमा स्थानीय तहको भूमिका, बालविवाह न्यूनीकरणमा परिवारको भूमिका, विद्यालय र शिक्षकको भूमिका लगायतका बिषयमा जानकारी गराएकी थिईन ।
उक्त अवसरमा विद्यालयमा यो आर्थिक बर्षमा कक्षा १० मा ८ जना र कक्षा ९ मा ३ जना गरी ११ जना बालबालिकाहरु बालविवाह गरेको विद्यार्थीहरुले जानकारी गराएका थिए । गोष्ठीमा १ सय १३ जना विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखाका प्रमुख अनिल केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here