Friday, April 26, 2024
Homeसमाजबालबालिकालाई छात्रवृत्ति

बालबालिकालाई छात्रवृत्ति

- Advertisement -spot_img

तुलसीपुर, ३ फागुन । तोकिएको कैद तथा जरिवाना भुक्तानी गरिरहेका परिवारका बालबालिकाहरुलाई तुलसीपुरमा छात्रवृत्ति वितरण गरिएको छ । पीडित सेवा संघले ती परिवारका ५५ जना बालबालिकाहरुलाई मासिक ८ सय रुपैयाँका दरले ५५ जनालाई छात्रवृत्ति वितरण गरेको संयोजक टोपबहादुर महतराले जानकारी दिए । कारागार शाखा तुलसीपुरमा कैदी जीवन बिताईरहेका अभिभावकका बालबालिकाहरुलाई छात्रवृत्ति रकम र बार्षिक रुपमा शैक्षिक सामाग्री वितरण गर्ने गरेको महतराले बताए । दाङका ३२, रोल्पाका ४, रुकुमका ९ र सल्यानका १० जिल्लाका परिवारका ती बालबालिकाहरुलाई बिगत सात बर्षदेखि सहयोग गरिरहेको पीडित सेवा संघले जनाएको छ । त्यसबाहेक बालबालिकाको उपचार खर्च, टिनको छाना, शौचालय निर्माणलगायतको सहयोग गर्ने गरिएको संघले जनाएको छ ।
यसैबिच तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछानेले पीडित परिवारका बालबालिकाको अधिकार हनन् हुन नदिन राज्यका सरोकारवाला पक्ष गम्भीर बन्नुपर्ने बताए । उनीहरुलाई पढ्न पाउने अधिकारकाबाट कहिकतैबाट वञ्चित गर्न नहुने समेतमा जोड दिए । तर परिवारबाट आफ्ना बालबालिकालाई निगरानी र ध्यान नदिदा कुलतमा फस्न सक्ने सम्भावना रहेको बताए । उक्त अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले बालअधिकारले अभिभावकहरुका कारण बालबालिकाहरुलाई मानसिक तथा अन्य यातना दिन नहुने बताए । कैद र जरिवाना भुक्तानी पछि ती ब्यक्तिहरुलाई समुदायमा पूनस्र्थापना गराउन राज्य, परिवार र समुदायहरु लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा पीडित परिवारका समीता चौधरीले कैद र जरिवाना भुक्तानी गरिरहेका परिवारलाई समुदायमा हेर्ने दृष्टीकोण फरक रहेको बताइन् । कार्यक्रमको सहजीकरण संघका संयोजक टोपबहादुर महतराले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here