Thursday, April 25, 2024
Homeमुख्य खबरबालअधिकार दिवसमा विविध कार्यक्रम

बालअधिकार दिवसमा विविध कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, ५ मंसिर । २६औंँ अन्तर्राष्ट्रिय बालअधिकार दिवस मंगलबार विविध कार्यक्रम दाङलगायत विश्वभर मनाईएको छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको दिन पारेर यो दिवस मनाउने गरिन्छ ।
नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेको अढाई दशक पूरा भएको छ । नेपालले यस महासन्धिलाई सन् १९९० मा हस्ताक्षर गरेको थियो । यस अवसरमा बालअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाएका छन् ।
कतै ¥याली, अन्तरक्रिया विभिन्न प्रतियोगिता तथा कतै बालअधिकारको बारेमा चर्चा गर्दै यो दिवस मनाइएको छ । बाल अधिकार महासन्धि पारित भएपछि बालबालिकाहरूको अधिकार संरक्षणका लागि विश्वव्यापी सुनिश्चितता प्राप्त भएको थियो । बालअधिकारको कुरालाई बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता गरी चारवटा छुट्टाछुट्टै खण्डमा विभाजन गरिएको छ । दिवसको अवसरमा तुलसीपुरमा बालअधिकार सम्बन्धी प्रशिक्षण तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान दाङ शाखाको आयोजनामा माध्यमिक विद्यालयस्तरीय कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिष्ठान दाङका सभापति विनोद कुमार श्रेष्ठको अध्यक्षता एवं उच्च अदालत तुलसीपुर बार एसोसिएसनका पूर्व अध्यक्ष अधिवक्ता मोहन प्रसाद धितालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितात्मक कार्यक्रममा तुलसीपुर क्षेत्रका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा हाजिरीजवाफतर्फ गोरखा मावि प्रथम, राप्ती बाल एकाडेमी तुलसीपुर द्वितीय र लिटिल हेभन स्कुल तृतीय भएका थिए ।
विजयी स्कुल तथा विद्यार्थीहरुलाई पुरस्कार एवं प्रमाण प्रदानसमेत गरिएको थियो । त्यस अवसरमा बालअधिकार सम्बन्धी प्रशिक्षणसमेत गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई उच्च अदालत बारका पूर्व अध्यक्ष अधिवक्ता मोहन धिताल र राष्ट्रिय मानवअधिकार प्रतिष्ठान दाङका उपसभापति मधुसुदन केसीले प्रशिक्षण दिएका थिए । तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा आयोजना गरिएको कार्यक्रम प्रतिष्ठान उपसभापति सन्तोष गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव शालिकराम वलीले गरेका थिए ।
यस्तै मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा स्कुलस्तरीय सचेतना एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शान्ति समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षता एवं माध्यमिक विद्यालय बालापुरका निमित्त प्रधानाध्यापक फरेन्द्रराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाहरुलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताए थिए । उनीहरुले बालबालिकाहरुको शिक्षा स्वास्थ्य र बोल्न पाउनुपर्ने अधिकारलाई कसैले पनि हनन गर्न नहुनेसमेत बताएका थिए ।
उक्त अवसरमा शान्ति समाजका केन्द्रीय शिक्षा विभाग संयोजक निर्मल नेपाली, सहसचिव उषा गौतम, शिक्षक विश्वन गौतम, विद्यार्थीहरुको तर्फबाट निशा शर्मा, अञ्जु पोख्रेल, बिमला विक, विजय चौधरीलगायतले बोलेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here