Friday, April 26, 2024
Homeफिचर‘फलफुलमा सजक बनौं’

‘फलफुलमा सजक बनौं’

- Advertisement -spot_img

दाङ, ४ साउन । जिल्लामा फलफुलको उत्पादन एकदमै कम हुने गर्छ । फलफुलको खपत भने बढी नै छ । पछिल्लो समयमा उपभोक्ताहरुले फलफुलको खानेहरुको बढ्दो क्रममा छ । जिल्लामा फलफुलको उत्पादन कम हुने हुँदा बाहिरी जिल्लाबाट भिÏयाइन्छ ।
बाहिर जिल्लाबाट ल्याउने गरेको फलफुलहरु कति दिन प्याक गरेर ल्याईएको हुन्छ ? यहाँ ल्याईसकेपछि कति दिन भित्रसम्म बेची सक्नुपर्ने हो त्यसको लेखाजोखा कसैले राखेको छैन ।
यहा फलफुल व्यापारीहरुले विषादी प्रयोग गर्दै मनपरी बेचिरहेका छन् । व्यापारीहरुले फलफुलमा कति मात्रासम्म विषादी औषधी राख्न पाउने हो ? रुखबाट टिपीसकेपछि कति दिनसम्म प्रयोग गर्न मिल्ने हो ? केही जानकारी छैन ।
आँपको सिजन चलिरहेको छ । बजारमा पाईने विशेषगरी केरा र स्याउ हुन् । सडकका छेउछाउमा जथाभावी केरा र आँप राखेर बेचिरहेका हुन्छन् ।
विशेषगरी ठेलामा पाईने केरा बाहिरबाट पाकेको जस्तो देखिने तर भित्र भने काँचो नै हुन्छ । त्यस्तै पाकेको जस्तो देखिने आँपमा आँपको जस्तो कुनै स्वाद हुँदैन् । तर पनि व्यापारीहरुले बेचिरेहका छन् ।
घोराहीकी सरिता केसीले घोराहीको तुलसीपुर चोकमा केरा बेच्दै गरेका एक ठेला व्यापारीलाई केरा काँचो जस्तो छ भनेर सोध्दै थिईन् । ‘जता गए पनि यस्तै केरा देख्नुहुन्छ छ हजुर । ताजा केरा तथा फलफुल कहिँ गए पनि पाउनु हुन्न’ ठेला व्यापारीले यसरी नै जवाफ दिईरहेका थिए ।
ताजा फलफुल नपाईने भएपछि यही भएपनि लैजानु प¥यो भन्दै उनले दुई दर्जन् केरा लगिन् । साहुजी मलाई राम्रो स्याउ देखाईदिनु न घोराहीका महेश घर्तीमगरले भने ।
स्याउमा दाग लागेको थियो भने चोट पनि लागेको थियो । ताजा तथा राम्रो फलफलु पाईदैन भनेर सोध्दा फलफुल बेच्ने व्यापारीले ताजा फलफुल खान त आफ्नो बारीमा रोप्नुपर्छ भनेर उल्टै हप्काएका थिए ।
‘केरा स्याउहरु यहाँ उत्पादन हुँदैन् भारतबाट ल्याउने यहाँसम्म ल्याउँदा चोट लाग्छ, दाग लाग्छ, यतिका दिनसम्म राख्दा त गलिहहाल्छ नि ।’ घोराहीका प्रत्येक व्यापारीले ग्राहकलाई दिने जवाफ यही नै हो ।
महंगो पैसा तिरे पनि ताजा फलफुल नपाउने गरेको अधिकांश उपभोक्ताहरुको गुनासो छ । स्याउमा बाहिर सेतो खोलले राम्रोसँग छोपिएको भएपनि भित्र हेर्दा कुहिएको जस्तो दाग लागेका हुन्छन् भने केराको बोक्रा पाकेको जस्तो देखिए पनि काचो नै हुन्छ । आँप चाम्रिएर गिलिक गिलिक गर्ने अवस्थामा समेत बेच्न राखिएका छन् ।
‘दाङमा बेच्न राखिएका फलफुल आँप, केरा र स्याउ भारतको कृष्णनगर फलफुलको होलसेलमा राखिएको हुन्छ हामीले त्यहीबाट ल्याएर बेच्ने गर्छौ घोराहीमा होलसेलमा फलफुल गर्ने लाल साहवले बताए ।
‘पटक–पटक फलफुल लिनको लागि त्यति टाढा जाने कुरा भएन उनले भने एक हप्तादेखि १५ दिनसम्म पुग्ने फलफुल एकै पटक ल्याउने गरेका छौँ ।’ सबै फलफुल कृष्णनगरबाट काँचो ल्याउने गरेको पनि उनले बताए ।
कृष्णनगरबाट ल्याएको फलफुल तत्काल बेच्नु प¥यो भने फलफुल पकाउने औषधी राखेर बेच्ने गरेको समेत उनले बताए । बाँकी फलफुल भने आफै पाक्ने गरेको बताए ।
आँप एक पटकमा ८ क्विन्टल, केरा २० क्विन्टल, स्याउ १० क्विन्टल ल्याउने गरेको उनले बताए । लोकलमा फुलफुल पाईदैन, जिल्ला बाहिरबाट दिनहुँ ल्याउन पनि आर्थिकले भ्याउँदैन १५ दिनसम्म पुग्ने फलफुल एकै पटक लिने गरेको उनले बताए ।
जिल्ला बाहिरबाट ल्याएका फलफुलहरु प्रसस्त राख्नको लागि स्टोर नभएको हँुदा समस्या भएको बताए । ति फलफुलहरु स्टोर नभएका कारण क्यारेटमा चाजेर बन्द कोठामा राख्न बाध्य भएको बताए । होलेसेल फलफुल व्यवसायीहरुले आधा महिनासम्म पुग्ने फलफुल ल्याएर औषधीमा राखेर बेच्ने गरेको बताउँछन् ।
विषादी प्रयोग गरिएका फलफुलहरु खादा पेट, मुटु, फोक्सो, दिमाग र रगतमा समस्या देखिने डा. जर्नादन पन्थले बताए । फलफुल खादा सबैभन्दा पहिलो राम्रोसँग पखालेर मात्र खान सुझाव दिएका छन् । फलफुल व्यवसायीहरुले फलफुलमा प्रयोग गरिने बिषादीको मात्रा भन्दा बढी प्रयोग गरेको हुँदा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरेको उनले बताए ।
कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले जिल्लामा फलफुलमा विषादी प्रयोग भए नभएको बारेमा जाँच्नको लागि ल्याव नभएको बताउँछन् ।
फलफुल पकाउनको लागि प्रयोग गरिने विषादी मापनको लागि ल्याव नभएका कारण फलफुल जाँच गर्न नसकेको उनले बताए । ‘कार्यालयमा त्यो विषादी मापन गर्नको लागि ल्याव छैन’ उनले भने ‘फलफुल व्यापारीहरुले कति मात्रामा विषादीको प्रयोग गरिरहेका छन्, हामीले कसरी थाहा पाउने ?’
फलफुल व्यापारीहरुले फलफुल पकाउनको लागि क्याल्सियम कार्वाेहाइड्रेट र इथाईलिन विषादीहरु प्रयोग गर्ने गरेको बताए । जिल्लामा दैनिक फलफुल कति खपत हुन्छ र कति बाहिर जान्छ भन्ने कुनै डाटा संकलन गरेको छैन । केरा भने केही दिनदेखि मेसिनबाट पकाउने गरेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here