Saturday, April 27, 2024
Homeमुख्य खबरप्रेस युनियनको बबईमा अन्तरक्रिया

प्रेस युनियनको बबईमा अन्तरक्रिया

- Advertisement -spot_img

तुलसीपुर, ११ चैत । स्थानीय सरकारले सुुशासन र सामाजिक न्यायमा आधारित काम गर्न सकेमात्रै नागरिकले विकासको अनुभूति गर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
नेपाल प्रेस युनियन दाङले आइतबार बबई गाउँपालिकाको कार्यालयमा गाउँपालिकाको कामको समीक्षा, चुुनौति र अवसर विषयक कार्यक्रममा सहभागीले सुशासनयुक्त सेवा प्रदान गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
संघीयताको मर्म नागरिकलाई घरदैलोबाट सेवा प्रदान गर्नुमात्र नभई न्यायसंगत सेवा दिनुपनि भएको भन्दै सहभागीले संघीयताको सफल कार्यान्वयन स्थानीय सरकार आधार भएको बताएका छन् ।
कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले विकास निर्माणसँगै नागरिकलाई न्यायपूर्ण सेवा प्रदान गरेको दाबी गरे । आवश्यकतामा आधारित विकास निर्माणका कामलाई प्राथमिकता दिएको भन्दै उनले शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका सेवा सबै वडामा पु¥याउन लागि परेको बताए ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले स्थानीय सरकारले जनताका आवश्यकतालाई महशुस गर्नसके संघीयता कार्यान्वयनमा सफल हुने बताए ।
नागरिकको समस्यालाई जतिसक्यो धेरै खोजेर समाधानमा जोड दिनुपर्ने बताए । नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष नारायण खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here