Friday, April 26, 2024
Homeसम्पादकीयपुलमा विलम्व नगर

पुलमा विलम्व नगर

- Advertisement -spot_img

निर्माण थालेको ५ वर्षसम्ममा पनि पुल निर्माणले गति नलिएको विषय सार्वजनिक भएसँगै जिल्लाको विकास निर्माण सुस्त रहेको देखिएको छ । निर्माणका लागि तोकिएको समय कटेर पनि दोब्बर समय बितिसक्दा पनि निर्माणले गति नलिनुले जिल्लामा हुने विकास निर्माणको विषयमा गम्भीर नभएको प्रस्ट पारेको छ ।
दाङको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने पत्रेखोलामा पुल निर्माण सुरु भएको पाँच वर्षसम्म पनि निर्माणले गति नपाउनु राज्यकै कमजोरी हो । निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई ताकेता गर्ने र गुणस्तरीय निर्माण गराउनेतर्फ राज्य लाग्नु पर्नेमा मौन बसेर काममा सुस्तता गर्नेलाई प्रोत्साहन गर्नु राम्रो हैन । दुई वर्षमा सक्नु पर्ने पुल निर्माणको काम भण्डै पाँच वर्ष पुग्दासम्ममा पनि यसप्रति चासो नहुनेले निर्माणमा लापरबाही मान्न सकिन्छ ।
जिल्लाकै प्रमुख सडकका रुपमा रहेको तुलसीपुर–लमही सडकमा नै पुल निर्माणमा लापरबाही र हेलचेक्र्याई गरिनु राम्रो पक्ष हैन । त्यसमा पनि अझ पाँच वर्षसम्ममा पुलका दुईवटा पिलर मात्रै उभ्याइनुले निर्माणमा राज्य संयन्त्रप्रति नै प्रश्न खडा गर्ने वातावरण निर्माण गरिदिएको छ ।
चार करोड १५ लाख रुपैयाँमा २०७१ साल भदौमा निर्माण सम्झौता गरिएको पत्रखोला पुल निर्माणमा लापरबाही गरिनुले वर्षामा आमनागरिकहरुले त्यस्तको सास्ती भोगिरहेका छन् ।
अन्य समयमा धुलो र वर्षामा बाढीले समस्या बनाई रहदा पनि निर्माणका सरोकारवालाहरु कानमा तेल हालेर निर्माणप्रतिको लापरबाही देखाउने अवस्था ल्याउनु उपयुक्त मानिदैन । पुल निर्माणमा लापरबाही हुँदासमेत नियमन गर्ने निकाय मौन जस्तै देखिनु र निर्माणको जिम्मा पाएको निकाय निर्माणमा बेवास्ता गर्नतर्फ लाग्नु हुँदैन । दुवै निकाय जिम्मेवार भएमा मात्रै विकास र निमार्णले गति लिन्छ । यो अवस्था पत्रेखोलाको हकमा अहिलेसम्म देखिएको छैन ।
पुल निर्माणमा ढिलाई हुनुमा केही प्राविधिक कारण नदेखिएका होइनन् । राज्यको निकायले यसमा चासो दिएर तत्काल प्राविधिक समस्या हटाउन जरुरी नै हुन्छ । तर त्यो अवस्था पत्रेखोला पुलमा नदेखिनु राम्रो पक्ष हैन ।
काम पूरा गर्नेतर्फ निर्माण कम्पनी र गराउनेतर्फ सडक कार्यालय लागेको भए अहिलेसम्म पिलर मात्रै हुने अवस्था पनि आउने थिएन । कारण जे भए पनि त्यसलाई ब्यवस्थापन गरेर पुल निर्माणको कामलाई तिव्रता दिनतर्फ सबै लाग्नुपर्छ । यो या त्यो बहानामा कसैले पनि निर्माण रोक्नु हुँदैन रोख्न खोज्नेलाई कानुनी दायरा पनि ल्याउन राज्य अग्रसर हुनैपर्छ । पत्रेखोला पुल निर्माणको तिव्रताका लागि सबै अग्रसर हौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here