Friday, April 26, 2024
Homeफिचरपर्यटन प्रवद्र्धनका लागि चमेरे गुफा बाटो विस्तार हुँदै

पर्यटन प्रवद्र्धनका लागि चमेरे गुफा बाटो विस्तार हुँदै

- Advertisement -spot_img

तुलसीपुर, २२ कार्तिक । पछिल्लो समय चमेरे गुफा अवलोकन गर्ने पर्यटकहरू बढ्दै जान थालेपछि उक्त क्षेत्रको सडक विस्तार कार्य सुरू हुन थालेकको छ । तुलसीपुर क्षेत्रभित्र अवस्थित एसियाकै प्रसिद्ध सिद्ध चमेरे गुफा सडक अभावका कारण ओझेलमा पर्दै जान थालेपछि अहिले स्थानीय सरकारले त्यसतर्फ ध्यान दिन थालेको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोटमा रहेको ऐतिहासीक पर्यटकीयस्थल सिद्ध चमेरे गुफाको प्रवद्र्धन र विकासका लागि पछिल्लो समय हरनेटीदेखि खमारी हुँदै चेमेरे गुफा जाने पक्की सडक निर्माण गरिएको छ ।
सडक सुविधा नहुँदा प्रचारप्रसारमा समेत प्रभाव परेको भन्दै पर्यटकीय क्षेत्रको विकासका लागि ४० लाखको लागतमा पक्की नालासहितको सडक निर्माण गरिएको छ  ।
चार मीटर मात्रै फराकिलो रहेको कच्ची बाटोका कारण चेमेरे गुफा घुम्न आउने आन्तरिक पर्यटकहरूका लागि समस्या भएपछि अहिले उक्त बाटो ८ मिटर फराकिलो बनाईएको वडा नम्बर ३ का वडा अध्यक्ष अजय विकले बताए ।
तुलसीपुर उपमहानगरको २४ लाख र जनसहभागितामार्फत संकलन भएको १८ लाख गरी जम्मा ४० लाखमा उक्त आरसिसीयुक्त पक्की नालासहितको बाटो निर्माण गरिएको छ ।
‘विगतमा कच्ची र साँघुरो बाटो हुँदा चमेरे गुफा अवलोकन गर्न आउने पर्यटकहरूलाई आवतजावतमा निकै समस्या पर्ने गर्दथ्यो’ वडा अध्यक्ष विकले भने– ‘तर अहिले फराकिलो बाटो भएपछि पर्यटकहरू पनि बढेका छन्, आवतजावतमा सहजता आएको छ ।’
कटिङ र आरसिसीयुक्त पक्की नालासहितको करिब ३ सय ६५ मीटर बाटो निर्माण भएपछि विगतको तुलनामा अहिले चमेरे गुफा अवलोकन गर्न आउनेहरूको संख्या पनि बढ्दै गएको उनी बताउँछन् ।
विगतका वर्षहरूदेखि नै निकै चर्चामा आएको गुफा भएपनि सडक अभावका कारण पर्यटकहरू त्यहाँसम्म पुग्न निकै समस्या पर्ने गरेको थियो । तर अहिले सडक विस्तार भएपछि स–साना सवारी साधनहरू त्यस क्षेत्र आसपाससम्म पुग्नसक्ने भएका छन् ।
तर अझै पनि गुफासम्म पुग्न सवारी साधन पुग्न सक्ने बाटो निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहले समयमै ध्यान दिन जरूरी रहेको वडा अध्यक्ष विकको भनाइ छ ।
आफू जनप्रतिनिधि भएर आईसकेपछि पर्यटकीय क्षेत्रको विकासका लागि यस हरनेटी–खमारी बाटोलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनले बताए । विनियोजित बजेट अनुसार तीन सय मीटर सडक पक्की गरिएको भएपनि जनश्रममार्फत ६५ मिटर बढी सडक पक्की बनाउन सकिएको विकले बताए ।
तर चालु आर्थिक वर्षमा २०७६/७७ मा उक्त सडक मर्मत तथा विस्तारका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट कुनै पनि बजेट नआएको उनी बताउँछन् । स्थानीय सरकारले पर्यटकीय क्षेत्रका विकासका लागि समयमै ध्यान दिनसके उक्त सडकलाई ८ सय मीटरसम्म पक्की बनाउन सकिने उनको भनाइ छ ।
यसैगरी सडक सुविधालाई गाउँ–गाउँसम्म पु¥याउनका लागि अन्य स्थानहरूमा समेत बाटो निर्माण गर्ने कार्यहरू भइरहेको उनले बताए । टुक्रे योजनालाई भन्दा ठूला योजनाहरूलाई पहिलो प्राथमिकतामा राखेर सडक सुविधालाई व्यवस्थित बनाउँदै जाने उनी बताउँछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here