Wednesday, April 24, 2024
Homeफिचर‘नेतृत्वको कार्यशैली फेरिनु पर्छ’

‘नेतृत्वको कार्यशैली फेरिनु पर्छ’

- Advertisement -spot_img

काँग्रेसको जागरण अभियान सुरु …
घोराही, २६ बैशाख । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान बुधबारदेखि शुरु भएको छ । ‘हिमाल, पहाड, तराई मधेश’को नारासहित नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान’ सुरु भएको हो ।
काँग्रेसले पहिलो चरणको कार्यक्रमअन्तर्गत बुधबारदेखि जेठ २५ सम्म, दोस्रो चरणको कार्यक्रम भदौ २४ गते विपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो, पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसूचि सार्वजनिक गरेको छ । पछिल्ला निर्वाचनले ल्याएको परिणाम र पार्टीप्रति नेतृत्वको कार्यशैली र क्षमतामाथि कार्यकर्ता नै प्रश्नलाई सम्वोधन गरिने छ ।
अभियानले जनता, मतदाता र काँग्रेस पार्टीका विभिन्न तहको नेतृत्व र सदस्यबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवादमार्फत जनताका मुद्दामा अग्रसर भई पार्टीलाई थप समर्पित गराउने बताइएको छ । साथै वर्तमान सरकारका भ्रष्टाचारलगायतका जनविरोधी क्रियाकलापबारे आम नागरिकमा प्रस्ट्याउने काम पनि गर्ने भनिएको छ ।
यो अभियान जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुनेछ । यसैबीच दाङमा पहिलो चरणको कार्यक्रम बुधबार शुरु भएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका छन् ।
नेपाली काँग्रेस दाङको आयोजना भएको राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बस्नेतले अभियानमा काँग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका कामको पनि प्रचार गर्न र जनतालाई सुसूचित पार्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
‘परिस्थिति हिजोभन्दा अलि फरक छ आज’ कार्यक्रममा सम्वोधन गर्दै भने ‘मानिसहरू सधैँ नयाँ विकल्पको खोजी गरिरहेका हुन्छन्, काँग्रेसको पटक–पटकको आरोह–अवरोह यही खोजीको परिणाम हो ।’

अभियानले जनता, मतदाता र काँग्रेस पार्टीका विभिन्न तहको नेतृत्व र सदस्यबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवादमार्फत जनताका मुद्दामा अग्रसर भई पार्टीलाई थप समर्पित गराउने बताइएको छ ।

पार्टीले अवलम्बन गरेको नीति, संगठित क्रियाकलाप, नेतृत्वको आचरण अनि जनतामा रहेको विश्वास नै उसको ऊर्जाका स्रोत भएकाले यसलाई आत्मसात गर्न निर्देशन दिए ।
अहिले गम्भीर अवस्था सिर्जना भएकाले सबै कार्यकर्ताहरु नेपाली काँग्रेसको रुपमा एक हुन अनुरोध गरे । कुनै पनि पक्षमा नेपाली काँग्रेस कमजोर नभएको उनले बताए ।
‘महिला संघ उत्तिकै बलियो हुनुहुन्छ, तरुण दल, नेपाल विद्यार्थी संघ पनि उत्तिकै बलियो छ’ उनले भने ‘यि शक्तिहरुलाई परिचालन गर्नको लागि पार्टीमा रणनीति योजना नहुनु कमजोरी भएको हो ।’ पार्टीको र अभियानको रणनीति योजनाहरु जिल्ला पार्टी सभापतिको संयोजक हुने उनले जानकारी गराए ।
नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा राष्ट्रिय जागरण अभियानको कार्यक्रम भएको हो । नेपाली काँग्रेस दाङका पार्टी उपसभापतिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री डिल्ली बहादुर चौधरी लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

‘विकास बढाउन श्रीगाउँमा केन्द्रीय नेता’

प्रदेश टुडे
तुलसीपुर, २६ बैशाख । पश्चिम दाङको विकास र समृद्धि बढाउने दाङको श्रीगाउँमा बृहत सभा गर्न लागिएको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले बताएको छ ।
संघले नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापा तथा दिपक गिरीको सहभागितामा यहि बैशाख २८ गते दंगीशरण–६ श्रीगाउँ नर्सरीमा आयोजना गरेको कार्यक्रमको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताइएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष जनकप्रसाद खरालले गाउँको विकासमा नेतृत्वलाई जोड्न संघले काँग्रेसको केन्द्रीय नेतृत्वलाई गाउँमा लैजान लागेकोे बताए ।
बजारमा भन्दा पनि ग्रामीणस्तरको विकास निर्माणको अवस्थाको वास्तविकताका लागि केन्द्रीय नेतृत्वलाई गाउँमा लैजान लागेका छौँ, गाउँका स्थानीयले विकास निर्माणका लागि देखिएका समस्या नागरिकले केन्द्रीय नेतृत्वलाई झल्को गराउने छन् ।
उनले भने ‘हामीले बिगतदेखि नै केन्द्रीय नेतृत्वलाई ग्रामीण बस्तीमा स्वागत गर्दै कार्यक्रमको आयोजना गर्ने गरेका छौँ ।’ श्रीगाउँमा गरिन लागेको शुभकामना आदानप्रदान तथा बृहत सभाले त्यस क्षेत्रको विकासमा भूमिका खेल्ने छ उनले भने ।
यसैबीच संघले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रम सफल बनाउन तयारीलाई तिब्र पारिएको जनाएको छ । संघका अध्यक्ष जनकप्रसाद खरालले कार्यक्रममका लागि स्टेजबाहेक अन्य सबै तयारी पूरा भएको बताए ।
संघका अध्यक्ष खरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक झलक केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here