Thursday, April 25, 2024
Homeमुख्य खबरनिर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन कार्यक्रम सार्वजनिक

- Advertisement -spot_img

घोराही, १९ कार्तिक । उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयले प्रदेश सभा सदस्य उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
कार्यालयले कार्तिक २१ गते मनोनयन पत्र दर्ता गर्ने जनाएको छ । त्यसैगरी २१ गते नै मनोनयन दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन गर्ने, २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यसैगरी मुख्य निर्वाचन कार्यालयले २३ गते मनोनयन र उजुरी उपर जाँझबुझ गर्ने र २३ गते नै उम्मेदवारको नामवली प्रकाशन गर्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराएका छन् । त्यसैगरी २४ गते उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् भने सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जानकारी गराए ।
त्यसैगरी २५ मुख्य निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते सम्बन्धित मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि ३२ वटा मतदान केन्द्र तोकिएको मूख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश रितेन्द्र थापाले जानकारी दिए ।
दाङ निर्वाचन क्षेत्र नं. ३ (२) मा ३२ वटा मतादान केन्द्र तोकिएको छ भने निर्वाचन क्षेत्र नं. २ (२) मा दुईवटा मतदान केन्द्र तोकिएको उनले बताए । निर्वाचन क्षेत्र नं. ३ (२) मा प्रदेश सभा सदस्यको उपनिर्वाचन हुँदैछ भने निर्वाचन क्षेत्र नं. २ (२) मा घोराही उपमहानगरपालिका वडा नं. १६ को वडा अध्यक्षको उपनिर्वाचन हुँदैछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here