Wednesday, April 24, 2024
Homeसम्पादकीयदाङ–स्वर्गद्वारी केबुलकार प्रयास

दाङ–स्वर्गद्वारी केबुलकार प्रयास

- Advertisement -spot_img

नेपालमा लगानी सम्मेलन भएको छ । नेपालको सबै क्षेत्रको विकासका लागि विदेशी तथा निजी क्षेत्रको लगानी भिÏयाउने उद्देश्यले गरिएको लगानी सम्मेलन सबैतर्फबाट सकारात्मक पनि देखिएको छ ।
लगानी सम्मेलनमा पूर्वाधार, कृषि, जलविद्युत, उद्योगलगायतका क्षेत्रहरुमा लगानी भित्रिने आशा पनि गरिएको छ । कतिपय अवस्थामा नेपालमा लगानी सुरक्षाको वातावरण नभएको भन्ने आरोपलाई पनि यो सम्मेलनले चिर्ने विश्वास गरिएको छ ।
यहि विश्वासने लै लगानी सम्मेलनको उद्घाटन कार्यक्रममा नेपालका प्रधानमन्त्रीले पनि लगानीमा विश्वस्त भएर हात बढाउन आह्वान गरेका छन् । यसले पनि अब नेपालमा निजी लगानी र विदेशी लगानी बढ्ने अनुमान गरिरहेका बेला दाङमा युवाहरुको एक कम्पनीले केबुलकारको लगानी योजना सार्वजनिक गरेको छ ।
दाङको घोराहीबाट प्यूठानको स्वर्गद्वारीसम्म केबुलकार सञ्चालनको लागि तयारी गरेको योजना सार्वजनिक भएपछि निजी क्षेत्र लगानीका लागि सबै ठाउँमा तयार रहेको पनि प्रष्ट पार्दिएको छ ।
दाङको घोराहीबाट प्यूठानको स्वर्गद्वारीसम्म केबुलकार सेवा सञ्चालन गर्नु अहिलेकै अवस्थामा असम्भव जस्तै देखिएको छ । त्यसको आवश्यक पूर्वाधार निर्माण नभएर आएका योजनाले कति विश्वास दिताउने भन्ने प्रश्न त खडा गरेको छ ।
तर निर्माण थालेका व्यवसायीहरुले भने केबुलकार चार वर्षमा सञ्चालनमा ल्याइसक्ने गरी कार्य सुरु भइसकेका विचार सार्वजनिक गरेपछि केही विश्वस्त हुने ठाउँ देखिएको छ । केबुलकार सेवा सञ्चालनको लागि डिपिआर सुरु भइसकेको र अबको ६ महिनामा डिपिआरको पूरा रिपोर्ट आए पनि पूर्वाधारको काम अघि बढाउने खबरले साच्चिकै केबुलकारको सपना साकार हुने देखिन्छ ।
नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थलको रुपमा रहेको प्यूठानको स्वर्गद्वारीसम्म केबुलकार सञ्चालन भएमा यस क्षेत्रको विकास त्यत्तिकै माथि हुनेछ । केबुलकार सञ्चालनको काम निजी क्षेत्रबाट स्थापना भएको घोराही स्वर्गद्वारी केबुलकार प्रालिले गर्नेछ । दाङको घोराहीदेखि स्वर्गद्वारीसम्म आठ किलोमिटर लामो केबुलकार रुट बनाउने गरी डिपिआर गरिएको छ । जसका लागि साढे पाँच अर्बको लगानी हुने अनुमानसमेत गरिएको छ ।
दुई जिल्लालाई जोड्ने गरी त्यसमा पनि धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको स्थानमा केबुलकार सञ्चालनमा आएमा आर्थिक, धार्मिक, साँस्कृतिक र पर्यटकीय विकासमा टेवा पुग्ने पक्का छ । निजी क्षेत्रबाट भएको यो प्रयास उदाहरणीय बनेको छ । निजी लगानीलाई बढवा दिदै राज्यस्तरबाट पनि यस्ता खालमा प्रयासहरुमा प्रोत्साहन आउन सके अझ अन्य क्षेत्रमा पनि लगानी बढ्ने र विकासले गति लिने छ । त्यसतर्फ राज्य र राज्यका निकायहरुले सोच्नु पर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here