Wednesday, April 24, 2024
Homeमुख्य खबरदाङमा प्रदेशस्तरीय पोल्ट्री महोत्सव

दाङमा प्रदेशस्तरीय पोल्ट्री महोत्सव

- Advertisement -spot_img

दाङ, १४ पुस । दाङमा ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ हुने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० देखि २० गतेसम्म दाङको घोराहीमा महोत्सव हुने भएको हो । ‘कुखुरा पालन एवं बजारीकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ शुरू हुने महोत्सवको बारेमा महोत्सव मूल आयोजजक समिति एवं सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङले शुक्रबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महोत्सव सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भइसकेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले जानकारी दिए ।
घोराहीको कृषि सामग्री कम्पनीको प्राङ्गण (मैदान) मा सञ्चालन हुने महोत्सवमा जिल्लाको पोल्ट्रीसम्बन्धी, जिल्लाको कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने, यहाँको संस्कृतिलाई संरक्षण गर्ने र दाङ जिल्लाको पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गर्ने प्रकारका कार्यक्रम हुने छन् । महोत्सवमा कृषिसम्बन्धी ८० देखि एक सयसम्म स्टल हुने आयोजकले जनाएको संयोजक बुढाथोकीले पत्रकार सम्मेलनमा बताए । पोल्ट्री क्षेत्रमा अहिले दाङ नेपालको दोस्रो जिल्ला भएकामा यो महोत्सवले अब पहिलो स्थानमा पु¥याउन सहयोग गर्ने समेत आयोजकले अपेक्षा गरेको छ । महोत्सव स्टलहरूमा दाङसहित ५ नम्बर प्रदेशको पहिचान झल्कने पोल्ट्री, अन्य बस्तुहरूको प्रदर्शनी र बिक्री, पोल्ट्रीजन्य उत्पादनको प्रशोधित बस्तुको प्रदर्शनी, पोल्ट्रीसम्बन्धी जनचेतना जगाउने वस्तु, रमाइलोको लागि बाल उद्यान तथा साँस्कृतिक कार्यक्रम पनि हुने छन् ।
महोत्सवमा प्रवेश शुल्क ५० रूपैयाँ रहेको छ भने विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा ३० रूपैयाँ कायम गरिएको छ । त्यस्तै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र क र ख वर्गका अपाङ्ग भएका व्यक्तिहरूलाई निःशुल्क रूपमा प्रवेश दिइने आयोजकले जनाएको छ । महोत्सव अवधिभर करिव २ लाख दर्शकहरूले महोत्सवको अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here