Friday, April 26, 2024
Homeसमाजतुलसीपुर क्षेत्रस्तरीय चित्रकला प्रतियोगिता

तुलसीपुर क्षेत्रस्तरीय चित्रकला प्रतियोगिता

- Advertisement -spot_img

विजौरी, २४ पुस । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल तुलसीपुर क्षेत्रस्तरीय प्याब्सनले आइतबार लिटिल फ्लावर स्कुल विजौरीमा तुलसीपुर क्षेत्रस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुरस्तरीय प्याब्सन दाङका अध्यक्ष गिरीराज डाँगीको सभापतित्व एवं प्याब्सन नेपालका केन्द्रीय सदस्य लम्बोदर लामिछानेको प्रमुख आतिथ्यता र प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुदन केसीको विशिष्ट आतिथ्यतामा चित्रकला प्रतियोगिता भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले अब विद्यार्थीहरुको कितावी ज्ञानको साथै बाहिरी ज्ञानको पनि आवश्यक पर्ने भन्दै त्यसतर्फ निजी विद्यालयको ध्यान गैरहेको बताएका थिए । प्याब्सनले गाउँ–गाउँका स्कुलहरुमा पनि प्रत्यक्ष सहभागी भई विद्यार्थीको मनोभावना अनुसार अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका थिए । शिक्षक खगेश्वर भण्डारी, साक्षी खबर साप्ताहिकका सम्पादक राकेश बस्नेतलगायतले उक्त चित्रकला प्रतियोगिताको प्रशंसासमेत गरेका थिए ।
तुलसीपुर क्षेत्रका १५ वटा विद्यालयका २७ जनाको सहभागितामा चित्रकला प्रतियोगितामा लिटिल फ्लावर बोडिङ स्कुल विजौरीका छात्रा आरती घिमिरे प्रथम भएका थिए भने गोर्खा माविका शिशिर सुनार द्वितीय, सप्तरङ्गी स्कुलका टोपेन्द्र वली तृतीय र गोर्खा माविका जया विसी सान्त्वना स्थान हासिल गरेका छन् । उक्त चित्रकला प्रतियोगिताको निर्णायकमा संस्कार स्कुलका शिक्षक खगेश्वर भण्डारीले गरेका थिए । तुलसीपुर क्षेत्रस्तरीय प्याब्सन दाङ उपाध्यक्ष विश्वमणि देवकोटाको स्वागत मन्तब्यवाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर क्षेत्रस्तरीय प्याब्सन दाङका सचिव विष्णु योगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here