Thursday, April 25, 2024
Homeखेलकुदतुलसीपुरमा फुटसल प्रतियोगिता

तुलसीपुरमा फुटसल प्रतियोगिता

- Advertisement -spot_img

तुलसीपुर, २४ कार्तिक । दाङमा पछिल्लो समय खेलकुदको विकासका लागि फुटसल प्रतियोगिता गर्ने क्रम बढ्दै गएको छ । विद्यालय तथा विभिन्न संघसंस्थाले फुटसल प्रतियोगिता गर्न थालेका हुन् ।
खेलकुदको सम्भावना बढ्दै गएपछि फुटसल प्रतियोगिता आयोजना हुने गरेको छ । फुटसल प्रतियोगिता हुन थालेपछि खेलाडीको संख्या बढ्दै गएका छन् ।
यसैबीच तुलसीपुरमा शनिबार शिक्षक फुटसल प्रतियोगिता २०७६ भएको छ । नेशनल प्याब्सन तुलसीपुर नगरस्तरीय अन्तर विद्यालय शिक्षक फुटसल प्रतियोगिता २०७६ भएको हो । तुलसीपुरको अरनिको मैदानमा भएको प्रतियोगितमा शारदा सिस्ने स्कुल प्रथम, ज्ञानज्योति कलेज द्वितीय र डिभाईन टेम्पल एकेडेमी तृतीय भएका छन् ।
प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाभित्र भएका १० वटा संस्थागत विद्यालय सहभागी रहेका थिए । प्रतियोगितामा प्रथम हुने शारदा सिस्ने स्कुलले सात हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय हुने ज्ञानज्योति कलेजले नगद ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै तृतीय हुने डिभाईन टेम्पलले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल आयोजकले जनाएको छ । नेशनल प्याब्सन तुलसीपुरका अध्यक्ष भोजराज न्यौपाने अध्यक्षता तथा नेशनल प्याब्सन केन्द्रीय उपाध्यक्ष सुवोधकुमार डाँगीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य तथा खेलकुद संयोजक अमर नेपाली माइकलको विशिष्ठ आतिथ्यतामा फुटसल प्रतियोगिता भएको हो ।
कार्यक्रममा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष डाँगीले विद्यालयले विभिन्न समयमा आयोजना गर्ने प्रतियोगिताले विद्यार्थीमा अतिरिक्त क्रियाकलापप्रति चासो बढाउने बताए । उनले खेलक्षेत्रमा पछिल्लो समय सम्भावना बढ्दै गएकाले खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा खेलकुद संयोजक माइकलले उपमहानगरपालिले खेलकुदमा लगानी बढाउने बताए । प्रतियोगितामा दुर्गा लावत र उनको टिमले रेफ्रिको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव मेघराज पोखरेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here