Friday, April 26, 2024
Homeफिचरडिभी लहर ...

डिभी लहर …

- Advertisement -spot_img

घोराही, १० कात्तिक । घोराही चौघेराकी सिर्जना केसीले घोराहीको एक साइवरबाट अमेरिका जानको लागि डाइभर्सिटी भिसा (डिभी) भरिन् । केसीले साइवरमा इन्टरनेटबाट १० मिनेट मै डिभी भरिन् । डिभी भरे वाफत साइवर सञ्चालकलाई दुई सय रुपैयाँ बुझाईन । डिभी भरिसकेपछि केसीले आफ्नो कन्फर्मेसन नम्वरलाई सेभ गरेर फोटोकपीबाट प्रिन्ट गरेर राखिन् । डिभी भर्न पाएकोमा केसी निकै खुशी थिइन् । अमेरिका जानको लागि केसीले डिभी त भरिन् कहिले जाने, त्यसको लागि के के कुरा जान्नु पर्छ, कस्तो तालिम लिनुपर्छ उनलाई केही पनि थाहा छैन । ‘विभिन्न अनलाइन तथा प्रचारहरुमा डिभी खुलेको सूचना पाएको थिए, सबै साथीहरुले पनि डिभी भरिरहेका छन्’ केसीले भनिन् ‘त्यसै आधारमा डिभी भरेको हुँ ।’ अमेरिका जाने अपेक्षा राखेकी केसीले अमेरिका जाने डिभी परिहाल्यो भने पनि त्यहाँ गएर के काम गर्ने, कहाँ बस्ने के के जान्नुपर्छ भन्ने बारेमा केही जानकारी नभएको उनले बताइन् ।
त्यसैगरी घोराहीका रमेश शर्माले पनि अरु साथीहरुले डिभी भरेको देखेर डिभी भरेको बताए । ‘पहिलेका वर्षहरुमा धेरै साथीहरुले डिभी भरेका थिए, कति साथीहरुलाई त डिभी पनि परेको छ’ शर्माले भने ‘कतै मेरो पनि परिहाल्छ की ? सन् २०१९ को लागि डाइभर्सिटी भिसा (डिभी)को आवेदन फाराम नेपाली समयानुसार असोज १५ गते ९ बजेर ४५ मिनेटदेखि आवदेन फाराम खुला थियो । अमेरिका जानको लागि खोलिएको डाइभर्सिटी भिसा आवेदन फाराम कात्तिक २० गते बन्द हुने डाइभर्सिटी भिसाका वेभपेजहरुमा उल्लेख गरीएको छ ।  असोज १५ गतेदेखि अमेरिका जानको लागि डाइभर्सिटी भिसा (डिभी) को आवदेन फाराम खुलेको थाहा पाएपछि युवायुवतीहरु डिभी भर्नमा व्यस्त छन् । अमेरिका जानको लागि डाइभर्सिटी भिसा आवेदन फाराम कहिलेदेखि खुलेको हो र कहिलेबाट बन्द हुन्छ त्यति मात्रै जानकारी पाएका युवाहरुमा साइवरमा मंहगो पैसा तिरेर डिभी भरिरहेको छन् । डिभी भर्ने युवा युवतीहरुमा अमेरिकामा गएर के काम गर्नुपर्छ, त्यसका लागि के तयार गर्नुपर्छ भन्ने बारेमा केही जानकारी नलिएर डिभी भरिरहेका छन् । डिभी भर्ने अधिकांश युवायुवतीहरुको एउटै लक्ष्य छ अमेरिकाको भूमिमा पाईला टेक्ने ।
त्यसै अनुरुप उनीहरुले डिभी भरिरहेका छन् । अमेरिकाले खोलेको डाइभर्सिटी भिसा आवेदन फाराम नेपालीहरुको लागि कति कोटा छुट्याएको छ । अमेरिका जानको लागि के–के योग्यता पु¥याउनुपर्छ त्यसको बारेमा यहाँका डिभी भर्ने युवायुवती तथा डिभी भरिदिने साईवर तथा फोटोकपी स्टूडियोहरुलाई समेत केही जानकारी छैन  । इन्टरनेटमा असोज १५ गतेदेखि अमेरिका जानको लागि डाइभर्सिटी भिसा आवेदन फाराम खुलेको जानकारी पाएपछि त्यही अनुरुप साइवरमा डिभी भर्न आउनेहरुको डिभी भरिदिने गरेको तुलसीपुर चोकमा रहेको डिजिटल फोटो स्टुडियोका सञ्चालक वासुदेव अधिकारीले बताए । दैनिक ६० जना युवायुवतीहरु स्टुडियोमा डिभी भर्न आउने गरेको उनले बताए ।

जिल्लाभरी साईवरदेखि फोटो स्टुडियो सञ्चालकहरुले डिभी भरेबाफत मनपरी शुल्क लिईरहेका छन् । साईवरहरुले महंगो शुल्क लिएर डिभी भरिरहेका छन् फोटो स्टुडियो सञ्चालकहरुले डिभी भर्न आउनेहरुको सित्तैमा फोटो खिचि दिएर उपहार भन्दै डिभी भरिरहेका छन् ।


गत वर्ष १५ जनालाई डिभी परेको उनले जानकारी गराए । जिल्लाभरी साईवरदेखि फोटो स्टुडियो सञ्चालकहरुले डिभी भरेबाफत मनपरी शुल्क लिईरहेका छन् । साईवरहरुले महंगो शुल्क लिएर डिभी भरिरहेका छन् फोटो स्टुडियो सञ्चालकहरुले डिभी भर्न आउनेहरुको सित्तैमा फोटो खिचिदिएर उपहार भन्दै डिभी भरिरहेका छन् । डिभी भरिदिए बाफत साईवर सञ्चालक तथा फोटो स्टुडियोहरुले १ सय ५० देखि ५ सय रुपैयाँसमेत सेवा शुल्क लिने गरेका छन् ।
अमेरिका जानको लागि डाइभर्सिटी भिसा आवेदन फाराम अविवाहित महिला वा पुरुषहरुले डिभी भरेमा दुई सय रुपैयाँ र विवाहितहरुले भरेमा तीन सय रुपैयाँ देखि आठ सय रुपैयाँसम्म सेवा शुल्क लिने गरेको डिलाइट फोटो स्टूडियोले जनाएको छ । डाइभर्सिटी भिसाको आवेदन फाराम ३० मिनेटमा भरिसक्नु पर्ने भएपनि साइवर सञ्चालकहरु डिभीको आवेदन फाराम बढीमा १५ मिनेटमा भर्ने गरेको साइवर सञ्चालकहरुको भनाईछ । डिभी भर्नको लागि निवेदकको योग्यता र उमेरबारे एकीन जानकारी नभए पनि जुनसुकै सङ्कायबाट १२ पास गरेका १६ वर्षदेखि ४६ वर्षसम्म उमेर भएकोहरुको डिभी भरिरहेको यहाँका साईवर तथा फोटो स्टूडियो सञ्चालकहरु बताउँछन् । डिभी भरदिरहेका साइवर तथा फोटो स्टूडियोहरुका अनुसार विश्वभरी ५० हजार जनाको आवेदन मध्य नेपालवाट पाँच हजारजनालाई डिभी आवेदन पर्ने छ । डिभी भर्नको लागि कुनै शुल्क नलाग्ने भए पनि काठमाडौँस्थित अमेरिकी दुतावासले आफ्नो वेभ पेजमार्फत जानकारी गराएको छ । अमेरिकी दुतावास अनुसार आवेदन भर्दा कुनै कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । २०१९ को डाइभर्सिटी भिसा चिठ्ठाका लागि आवदेन विद्युतीय रुपमा दर्ता अवधिभित्र पेश गर्नु पर्नेछ । आवेदकहरुले दर्ता अवधिको समयमा www.dvlottery. state.gov मा गएर इलेक्ट्रोनिक डाइभर्सिटी (डिभी) आवदेन फाराम भर्न सकिने छ । अहिले बजारमा डिभी लहर छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here