Friday, April 26, 2024
Homeमुख्य खबरट्राफिकलाई मादकपदार्थ मापनयन्त्र

ट्राफिकलाई मादकपदार्थ मापनयन्त्र

- Advertisement -spot_img

देउखुरी, ९ बैशाख । लमही नगरपालिकाले अस्थायी ट्राफिक प्रहरी पोस्ट लामहीलाई मापसे चेकजाँच गर्नका लागि मादकपदार्थ मापनयन्त्र (ब्रेथालाइजर) हस्तान्तरण गरेको छ ।
एक लाख पच्चीस हजार बराबर मुल्यको उक्त यन्त्र आइतबार लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलवासे, प्रमुख प्रसासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले संयुक्तरुपमा जिल्ला ट्राफिक प्रहरीका प्रमुख मदन कुँवर, अस्थायी प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णुबहादुर केसीलाई हस्तान्तरण गरेका हुन् ।
खासगरी नगरभित्रको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नमा सहयोग होस् भनेर यो यन्त्र प्रदान गरेको नगर प्रमुख कुलबहादुर केसीले बताए । जिल्ला ट्राफिक प्रहरीका प्रमुख मदन कुँवरका अनुसार यसप्रकारको मेसिन प्रदेश नम्बर ५ मा अहिलेसम्म नभित्रिएको दाबी गरे ।
‘दाङका तीनवटा स्थानीय पालिकाका प्रमुखलाई भेटेर उक्त यन्त्र खरिद गरिदिनका लागि अनुरोध गरेका थियौं, जसले गर्दा आज जिल्लामै पहिलो पटक लमही नगरपालिकाले हामीलाई यो यन्त्र प्रदान गरेको छ ।
साथै अब मापसे चेकजाँचको रिजल्ट ठाउँको ठाउ तुरुन्तै आउने र उक्त यन्त्रले कहाँ चेकजाँच भैरहेको छ, सवारी चालकले मादकपदार्थ कति सेवन गरेको छ ? भनेर सम्पूर्ण विवरण पाउन सकिने जिल्ला ट्राफिक प्रहरीका प्रमुख मदन कुँवरले बताए ।
जिल्लामा ट्राफिकले मापसे चेकजाँच गर्दा अनाहकमा दुःख दियो, रक्सी नखाकोलाई पनि पैसा खानका लागि मापसे गरेको छ भनेर जुन प्रकारका हामी माथि आरोप आउने गर्दथे अब यो यन्त्रले निष्पक्ष तरिकाले रिजल्ट दिनेछ र हामीमाथि लगाइने झुठा आरोपलाई गतिलो उदाहरण हुने जिल्ला ट्राफिक प्रहरीका प्रमुख कुँवरको भनाइ छ ।
यो यन्त्र हामीले प्राप्त गर्नुभन्दा पहिले मापसे जाँच गर्दा सवारी चालकको नजिक गैर सुघ्नु पर्न बाध्यता, सरुवा रोग सर्ला भन्ने डर र खाएको हो हैन भनेर प्रमाणित गर्न अस्पतालसम्म पुग्नु पर्ने बाध्यता अब हट्ने भएको अस्थायी प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णुबहादुर केसीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here