Saturday, April 27, 2024
Homeमुख्य खबरजेष्ठ नागरिकलाई न्यानो कपडा

जेष्ठ नागरिकलाई न्यानो कपडा

- Advertisement -spot_img

देउखुरी, ८ माघ । लमही नगरपालिका वडा नम्बर ७ ले जेष्ठ नागरिक, पूर्ण अशक्त भएकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडाको लागि वडाले करिब डेढ लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष मोहन गिरीले बताएका छन् । वडाले एक सय बत्तीस जना ७० बर्ष नाघेका जेष्ठ नागरिक, चारजना पूर्णरुपमा अशक्त भएकालाई सम्मान गर्दै न्यानो कपडा वितरण गरेको हो ।
वडा अध्यक्ष मोहन गिरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथिको आसनबाट बोल्दै राज्यका लागि बलिदान दिएका जेष्ठ नागरिकलाई राज्यले नै सम्मानका साथ राख्नु पर्ने र सहयोग गर्नु पर्ने बताए । त्यस्तै वडा अध्यक्ष मोहन गिरीले आगामी बर्षदेखि वडाबासीको घर–घरमा पुगेर सुझाव संकलन गरेर कसरी जेष्ठ नागरिकलाई सहयोग पुग्छ ? त्यसै गरी कार्यक्रम गरिने बताए । वडा नम्बर ७ का वडा सदस्य राधा केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण टेक बहादुर पुनले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here