Tuesday, April 23, 2024
Homeफिचरखुल्दैनन् प्रजनन् स्वास्थ्यमा महिला

खुल्दैनन् प्रजनन् स्वास्थ्यमा महिला

- Advertisement -spot_img

घोराही, २० जेठ । ‘तपाईलाई पाप लाग्ने भयो नानी । मैले पापको भारी बोकाए ।’ बेडमा पल्टिएर प्रजनन् स्वास्थ्य जाँच गराउँदै गरेकी एक महिलाले स्टाफ नर्स सरीता तामाङलाई भन्दै थिइन ।
पाठेघरको समस्या लिएर स्वास्थ्य जाँच गराउन बृहत निःशुल्क स्वास्थ्य शिविरमा आएकी उनको प्रजनन अंग स्टाफ नर्स तामाङले जाँच गर्ने क्रममा भनिन् ।
प्रजनन् स्वास्थ्य जाँच गराउन निकै लाज मानेकी र त्यो भन्दा पनि पाप लाग्छ भन्ने डर थियो उनलाई । स्वास्थ्य जाँच नगराएमा झनै जटिल बन्दै गएको थियो भने स्वास्थ्य जाँच गराउन भने अझै राम्रोसँग खुल्दैनन् ।
स्टाफ नर्स तामाङले ति महिलालाई यो समस्या त सबै महिलालाई हुन्छ, रोग लुकाएमा झनै जटिल हुन्छ भनेपछि मात्रै आफै समस्या बताएकी थिईन् । वर्षौदेखि पाठेघरको समस्या लुकाएर बसेकी ति महिला श्रीमान्लाई पनि नबताएको बताइन् ।
त्यस्तै लक्ष्मीपुरका अर्की महिला पनि पाठेघरमा घाउ भएको अवस्थामा शिविरमा जाँच गराउन आइन् । उनले शुरुमा तल्लो पेट दुख्ने र ढाड दुख्ने गरेको मात्रै बताइन् र त्यो दुखाई कम गर्नको लागि मात्रै भनेर औषधी मागेकी थिइन् ।
पाठेघरको समस्या हुनसक्ने शंका गरेपछि मात्र उनी खुलेकी थिइन् । अधिकांश महिलाहरु प्रजनन् स्वास्थ्य बारेमा खुलेर समस्या बताउदैनन् ।
महिला प्रजनन्को विषयमा थाहा नभएको होइन् तर उनीहरु स्वास्थ्य संस्था अथवा शिविरमा जाँच गराउन लाज मान्ने, पाप लाग्छ कि भन्ने जस्ता डर अझै कायमै छ ।
‘महिलाहरु अझै पनि यौन प्रजनन्को बारेमा समस्या राख्दैनन्’ स्टाफ नर्स तामाङले भनिन् ‘धेरै बेर उनीहरुको भावना बुझेर पहिलेदेखिका समस्या बुझेपछि मात्र खुल्छन् ।’ धेरैजसो महिलाहरुमा पाठेघरको समस्या देखिने गरेको उनले बताईन् ।
पटक–पटक गर्भपतन गरेका, प्रजनन्् साधनहरु प्रयोग गर्ने बारेमा थाहा नपाएका महिलाहरुमा पाठेघरको समस्या देखिने गरेका शिविरमा स्वास्थ्य जाँच गरिरहेकी मेडिकल अफिसर डा. समीक्षा डिसीले बताइन् ।
‘महिलाहरुलाई परिवार नियोजनका साधन प्रयोगको वारेमा वताउदा लाज मान्ने गर्छन्’ उनले भनिन् ‘शुरुमा हामी आफैले नै उहाँहरुलाई समस्या बुझेर समय दिन्छाँै, अनि बल्ल खुलेर समस्या राख्नुहुन्छ ।’
नेपाल परिवार नियोजन संघ दाङ र घोराही उपमहानगरपालिका वडा नं. ४ ले लक्ष्मीपुरमा आयोजना गरेको शिविरमा ९७ जनाले स्वास्थ्य जाँच गराएका छन् ।
त्यसमध्ये ७८ जना महिला र १९ जना पुरुषले स्वास्थ्य जाँच भएको छ । ति मध्ये ४७ जना महिलाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएका थिए भने ६५ जनाले अन्य सेवा लिएका थिए ।
वडा नं. ४ का अध्यक्ष भिम सार्कीको अध्यक्षतामा भएको शिविरमा घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्यमा सचेत रहन सबैलाई सुझाव दिए ।
‘अन्य कुरामा सामान्य खर्च हुन्छ’ उनले भने ‘स्वास्थ्यमा समस्या भयो भने जति सुकै मान्छे पनि रातारात गरिव हुन्छ ।’ त्यसकारण नियमित स्वास्थ्य जाँच गराउनु उनले सुझाव दिएका थिए ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. ७ मा पनि स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । व्यवसायी रोम वली, पन्थी डेन्टल क्लिनिक, नेशनल प्याथ ल्याव एण्ड रिसर्च सेन्टर दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका वडा नं. ७ मा शिविरको आयोजना गरेको हो ।
शिविरमा स्त्रीरोगसम्बन्धी उपचार तथा परामर्श, महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको स्क्रिनिङ जाँच, परिवार नियोजन सेवा, यौन रोगका उपचार तथा परामर्श सेवा र प्याथोलोजी सेवा प्रदान गरिएको थियो ।
शिविरमा १ सय ८२ जनाले सेवा लिएका थिए । त्यसमध्ये १ सय ५९ जना महिला र २६ जना पुरुषले सेवा लिएका थिए ।
शिविरमा स्वास्थ्य जाँच गराउन आएका मध्ये ६९ जना महिलाले पाठेघरको मुखमा क्यान्सरको स्क्रिनिङ जाँच गराएका थिए भने एकजनाको रिङ राखिएको थियो नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रमुख बसन्त खनालले जानकारी दिएका थिए । त्यसैगरी शिविरमा सातजना महिलाको पाठेघर खसेको जाँच भएको थियो ।
शिविरमा ४४ जनाले दाँतसम्बन्धी सेवा लिएका थिए भने पाँचजनाले प्याथोलोजी सेवा लिएका थिए भने ३५ जनाले साधारण स्वास्थ्य जाँचको सेवा लिएको खनालले जानकारी दिएका थिए । नेपाल परिवार नियोजन संघ दाङका उपाध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा शिविर भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here