Sunday, April 21, 2024
Homeमुख्य खबरक्षमता अभिबृद्धि कार्यशाला

क्षमता अभिबृद्धि कार्यशाला

- Advertisement -spot_img

घोराही, ६ कार्तिक । सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष तथा सामाजिक परिचालकका लागि तीनदिने क्षमता अभिबृद्धि कार्यशाला गोष्ठी घोराहीमा सुरू भएको छ । शिखरापुर सामुदायिक सिकाइ केन्द्र फर्पिङको आयोजना तथा शिक्षा तथा मानव श्रोत केन्द्र एवं युएनडिपिको सहयोगमा गोष्ठी भएको हो । सामुदायिक सिकाइ केन्द्रका काम, सिकाइ, अनुभव आदानप्रदान तथा उपनिर्वाचनलाई ध्यानमा राख्दै गोष्ठी सुरू भएको हो ।
गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले सिकाइ केन्द्रमार्फत समाज विकासमा योगदान गर्न सकिने बताएका थिए । केन्द्रका सल्लाहकार शशी शर्मा अर्यालको अध्यक्षता तथा जिल्ला शिक्षा विकास तथा समन्वय कार्यालयका प्रमुख रामलाल खड्काको प्रमुख आतिथ्यतामा गोष्ठीको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय दाङका बुद्धिबहादुर खत्री, युनेस्कोका फिल्ड सुपरभाइजर जनकराज भट्ट, शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्मा, घोराहीका नारायण पौडेल, राधा केसी, दिलबहादुर खत्रीले बोलेका थिए । कार्यक्रमको सहजीकरण निरोज श्रेष्ठले गरेका थिए । गोष्ठीमा दाङ, बाँके, सल्यान, प्यूठान, रोल्पा, कपिलवस्तु, अर्घाखाँचीका सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष र सामाजिक परिचालकको सहभागिता रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here