Saturday, April 27, 2024
Homeमुख्य खबरकेन्द्रीय योजनाको पहलमा नगरप्रमुख पाण्डे

केन्द्रीय योजनाको पहलमा नगरप्रमुख पाण्डे

- Advertisement -spot_img

तुलसीपुुर, ६ चैत्र । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले केन्द्रीय योजनालाई बजेटमा पार्नका लागि काठमाडाँैमा लविङ गरिरहेका छन् । तुलसीपुरलाई समृद्ध नगरका रुपमा विकास गर्नका लागि नगरप्रमुख पाण्डेले मन्त्री, योजना आयोग र सांसदहरुसँगको भेटघाटलाई तिव्र पारेका छन् ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई योजना बुझाउँदै पाण्डेले कार्यान्वयनका लागि पहल गर्न आग्रह गरे । मन्त्री पण्डितले आवश्यक योजनाका लागि पहल गर्ने बताउँदै तुलसीपुर उपमहानगरमा आवश्यक कर्मचारीहरुको व्यवस्था गर्नका लागि सहयोग गर्ने समेत बताए । ‘अत्यावश्यक योजनालाई बजेटमा पार्नका लागि म लागिपर्नेछु’ मन्त्री पण्डितको भनाई उद्धृत गर्दै नगरप्रमुखका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिए ।
यसैबीच कार्यपालिकाको ५३औ बैठकले पारित गरेका योजनाहरुलाई बजेटमा व्यवस्था गर्नका लागि नगरप्रमुख पाण्डेले राष्ट्रिय योजना आयोगमा समेत योजना बुझाएका छन् । योजना आयोगका सदस्य मिनबहादुर शाहीलाई उनले योजनाको लिष्ट बुझाएका थिए । तुलसीपुरमा महत्वाकांक्षी योजना अगाडि बढाएका पाण्डे केन्द्रीय योजनाहरुलाई बजेटमा व्यवस्था गर्नका लागि निरन्तर लविङमा रहेका छन् । उनले विभिन्न मन्त्रालय र विभागमा पनि योजनाको लिष्ट बुझाउने कार्यक्रम रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here