Friday, April 26, 2024
Homeमुख्य खबरकृषिको आधुनिकतामा जोड

कृषिको आधुनिकतामा जोड

- Advertisement -spot_img

घोराही, १३ साउन । दाङको समृद्धिका लागि कृषिको आधुनिकतामा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आयोजनामा दाङको समृद्धिका लागि सरोकारवालको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका जिल्लाका सरोकारवालाले यस्तो बताएका हुन् ।
दाङ जिल्ला कृषिको उर्वरभूमि भएको भन्दै उनीहरुले कृषि क्षेत्रको विकासमा ध्यान दिनसके समृद्धि हासिल गर्न सकिने बताएका छन् । जिल्लाको कृषि क्षेत्र परम्परागत रुपमा हुँदै आएको भन्दै अब कृषिलाई यान्त्रिकीकरण बनाउन आवश्यक रहेको बताएका छन् । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष तीर्थराज सन्तोषीको अध्यक्षता तथा पूर्व सांसद राजु खनालको प्रमुख आतिथ्यता एवं घोराही उपहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा केन्द्रका पूर्व अध्यक्ष भरतकुमार देवकोटाले दाङका जिल्लाको वर्तमान अवस्थाको बारेमा तथ्याङ्क प्रस्तुत गरेका थिए । त्यस्तै केन्द्रका कार्यकारी निर्देशक श्रीमण न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रस्तुत गर्दै जिल्लामा समृद्धिका लागि सम्भावनाका स्रोत तथा पहिचान क्षेत्रको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण केन्द्रका सचिव लक्ष्मीमान चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here