Tuesday, April 23, 2024
Homeफिचरकाँग्रेसको भेटघाट तथा वनभोज

काँग्रेसको भेटघाट तथा वनभोज

- Advertisement -spot_img

दाङ, १८ फागुन । नेपाली काँग्रेसले कार्यकर्ताहरूसँग भेटघाट तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ । काँग्रेसले रामपुर र बाह्रकुनेमा अलग–अलग कार्यक्रमको आयोजना गरी कार्यकर्ता भेटघाट गरेका हुन् ।
काँग्रेस घोराही उपमहागरपालिका वडा नं. १ र २ को संयुक्त आयोजनामा रामपुरमा कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रम गरिएको थियो भने काँग्रेस घोराही उपमहानगरपालिका वडा नं १५ को आयोजनामा बाह्रकुने दहमा वडा समितिको वार्षिक साधारणसभा र वनभोज कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाली काँग्रेस वडा नं. २ का सभापति रेवतीप्रसाद घिमिरेको सभापतित्व एवं काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यतामा रामपुरमा भएको कार्यक्रममा नेकपा पार्टी छोडेर २ सय ५० नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
पूर्वी दाङका पुराना बामपन्थी नेता गिरिराज गिरी, टेकबहादुर चौधरी, दण्डीराम पाण्डेलगायत २ सय ५० जना नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरूलाई पार्टी जिल्ला सभापति खड्का र काँग्रेस नेता कमलकिशोर घिमिरेले पार्टी सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका थिए ।
पार्टीभित्र सम्मान नभएको, पार्टीमा बिचलन आएको, आफ्ना क्षमता नभएकालाई काखी च्याप्ने र क्षमतावान पुराना कार्यकर्तालाई वेवास्ता गर्ने पार्टीमा बसेर जनहितमा काम गर्न नसकिने भन्दै आफूहरू काँग्रेसमा प्रवेश गरेको उनीहरूले कार्यक्रममा बताएका थिए ।
कार्यक्रममा बोल्ने काँग्रेस नेताहरूले अहिले दुई तिहाइको बामपन्थी सरकारले जनहितमा काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी जिल्ला सभापति खड्काले काँग्रेस सत्तामा नभएको बेलामा पनि जिल्लाभर काँग्रेसमा प्रवेश गर्नेको लर्को लाग्नुले पनि वर्तमान सरकारले काम गर्न नसकेको भन्ने स्पष्ट हुने दावी गरेका थिए ।
कार्यक्रममा काँग्रेस नेता कमलकिशोर घिमिरेले काँग्रेसको पहलमा रामपुर क्षेत्रमा विकास निर्माण भएका कार्यक्रमबारे जानकारी गराउँदै वर्तमान निर्वाचित जनप्रनिधिसहित अहिलेको सरकारले रामपुर क्षेत्रका लागि उल्लेखनीय कुनै पनि योजना ल्याउन नसेकको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति बीरकेशरी गौतम, काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, काँग्रेस नेता कमलकिशोर घिमिरे, काँग्रेस क्षेत्रीय सभापतिहरू भूपबहादुर डाँगी,
भेषराज खत्री र गिरिराज सुवेदी, काँग्रेस नेता जानकालाल बस्नेत, मधु न्यौपाने, नेपाल विद्यार्थी संघका निरज पाण्डेय लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण नेपाली काँग्रेसका क्षेत्रीय सचिव चूडामणि आचार्यले गरेका थिए ।
यसैबीच नेपाली काँग्रेस घोराही उपमहानगरपालिका वडा नं १५ को आयोजनामा बाह्रकुने दहमा भएको वडा समितिको बार्षिक सधारणसभामा ‘हाम्रो काँग्रेस हाम्रो सम्पर्क नाम’ वडा समितिले प्रकाशन गरेको पुस्तकको बिमोचन गरिएको छ ।
वडा सभापति प्रकाश श्रेष्ठको सभापतित्व एवं संविधानसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि खनालले पुस्तकको विमोचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि खनालले वर्तमान सरकार जनताको हितमा भन्दै पनि सत्तामा रहेका नेताहरूको ब्यक्तिगत फाइदामा लागेको दाबी गरेका थिए ।
वर्तमान सरकारमा रहेका मन्त्री र जिम्मेवार नेताहरूका काण्डले पनि सरकारले कसको पक्षमा काम गरिरहेको छ भन्ने स्पष्ट भएको उनको भनाई छ ।
नेपाली काँग्रेस १५ नं वडा समितिका सहसचिव शिशिर अधिकारीको स्वात मन्तब्यबाट शुरू भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष निरज गिरी र साँगठनिक प्रतिवेदन सुनिल देवकोटाले प्रस्तुत गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस दाङका उपसभाति कमानसिंह भारती, घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेय,
पूर्व जिल्ला सचिव ध्रुव ज्ञवाली, महासमिति सदस्य पुष्पा श्रेष्ठ, नगरसभापति मनोज बुढाथोकी, किशोरचन्द्र गौतम, दिलिपकुमार डिसी, तिलक रावतलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव लेखराज बुढाथोकीले गरेका थिए ।
यसैबीच नेपाली काँग्रेस वडा नं. ९ को कार्यकर्ता भेला सम्पन्न भएको छ । भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको हो । वडा नं. ९ पार्टी इकाई सभापति बलिराम खत्रीको अध्यक्षता तथा पार्टीका जिल्ला सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पार्टीका नेता तथा कार्यकर्ताले पार्टी नीति, सिद्धान्त र विचारमा सधै अग्रसर रहेको बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता गेहेन्द्र गिरी, पूर्व सांसद बुद्धिराम भण्डारी, राजु खनाल, नेता केशव आचार्य, जगतबहादुर खड्का, महिला नेतृ शुष्मा गिरीलगायतले नेपाली काँग्रेस सधै लोकतन्त्रको पक्षमा रहेर अगाडी बढेको बताए ।
दुईतिहाइको सरकारका कारण पछिल्लो समय देशमा कालोबजारी, भ्रष्टाचार, कर, हिंसालगायत गतिविधिहरु बढ्दै गएको बताए । यस्तै वर्तमान सरकारलाई समयमै खबरदारी गर्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु सक्रिय भएर लाग्नुपर्ने बताए ।
पार्टीका क्रियाशील नेता तिलक बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सहजीकरण जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here