Friday, April 26, 2024
Homeसमाजअवार्डमा सिन्डिकेटः आचार्य

अवार्डमा सिन्डिकेटः आचार्य

- Advertisement -spot_img

तुलसीपुर, ६ चैत्र । मेरो दुनिया वेग्लै, चट्ट सलाम, पिच रोड लगायतका लोकप्रिय गीत गाएका ट्रेन्डिङ गायक समिर आचार्यले नेपालमा हुने अवार्डमा सिन्डिकेट लागू भएका कारण सही प्रतिभाले एवार्ड पाउन नसकेको बताएका छन् । ‘कहिल्यै नसुनिएका गीतले पनि अवार्ड पाएका छन् अनि कसरी अवार्ड निष्पक्ष हुन्छ ?’ उनले भने । अवार्ड पाएर मात्रै लोकप्रिय बन्न नसकिने बताउँदै उनले फाराम भर्न लगाएर अवार्ड वितरण गरिने प्रणाली नै गलत भएको बताए ।
तुलसीपुरमा पत्रकारसँग बोल्दै आचार्यले नेपाली संंगीतको ट्रेन हरेक दिन परिवर्तन हुँदै गएकाले चुनौति थपिएको पनि बताए । हरेक गीतमा नयाँ प्रयोग गर्न रुचाउने आचार्यको पछिल्लो ‘सानुमा सानु’ गीत निकै लोकप्रिय मानिन्छ । युट्युब मात्रै आर्थिक उपार्जनको माध्यम भएको बताउँदै आचार्यले पछिल्लो समय विभिन्न महोत्सवका कारण कलाकारका लागि अवसर सिर्जना भएको बताए ।
अष्टे«लियामा रहेर पनि संगीतमा क्रियाशील रहेका गायक आचार्यले नेपालमै रहेर संगीतमा केही नयाँ गर्ने साेंच रहेको समेत बताए । राम्रो गीतका लागि लगानी गर्नेहरुको कमी नरहेको बताउँदै आचार्यले आगामी महिना नेपाली संगीतको क्षेत्रमा आफूले मेगा प्रोजेक्ट रिजिल गर्ने बताए । ‘मेरो संगीत करिअरलाई नयाँ मोडमा लैजाने गीत रिलिज हुनेछ’ गायक आचार्यले भने ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती समाचारका सम्पादक वसन्त आचार्य, राष्ट्रिय समाचार समिति राप्ती प्रमुख नारायणी रजौरे, वरिष्ठ रेडियोकर्मी तुफानबाबु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीरकण सचिव सन्तोष केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here