Friday, April 26, 2024
Homeमुख्य खबरअबको शिक्षा सिपयुक्त

अबको शिक्षा सिपयुक्त

- Advertisement -spot_img

घोराही, २८ साउन । वर्तमान शिक्षा प्रणालीलाई सुधार गरी व्यवहारिक र उद्यमशीलतासँग जोड्ने बनाउन आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार घोराहीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उद्यममार्फत नै देशको विकास हुने भन्दै वर्तमान शिक्षा प्रणालीमा सुधार ल्याउनु पर्नेमा जोड दिएका हुन् ।
घोराही उपमहानगरपालिका र नेपाल परिवार नियोजन संघ दाङको आयोजना तथा ओरेक, सिसा नेपाल, वास, सुआहारा, बेस, लायन्स क्लव अफ घोराही, अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्च, नेपाल महिला सामुदायिक सेवा केन्द्र र जिल्ला युवा समिति दाङको सहआयोजनामा कार्यक्रम गरिएको हो ।
परिवार नियोजन संघका प्रबन्धक बसन्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले अबको शिक्षालाई सिपयुक्त बनाउन विभिन्न विद्यालयमा प्राविधिक धारका पढाइ सुरु भएको उल्लेख गरेका छन् ।
अहिलेको पढाइ घोकन्ते जस्तो देखिएको भन्दै उनले अब पढेर सक्दा कुनै पनि सिप लिएर कार्यक्षेत्रमा जाने गरी सरकारले नीति ल्याएको बताए । त्यसैको निरन्तरता अहिले दाङका विभिन्न विद्यालयहरुमा प्राविधिक धारका पढाई सुरुभएको जानकारी दिए ।
युवाहरुमा बढी निराशा र विदेश मोह देखिएको भन्दै उनले उद्यमका सम्भावनाहरु यही प्रसस्त भएको धारणा राखे । ति सम्भावनाहरुको पहिचान गरेर अघि बढ्न युवाहरुलाई आग्रह गर्दै नगर प्रमुख चौधरीले स्थानीय सरकारले पनि त्यसमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्याल, संस्कृत बिद् डा. गोविन्द आचार्य, उद्यमी भरतराज देवकोटा, पत्रकार दुर्गालाल केसी, सिसा संस्थाकी अध्यक्ष साजिदा सिद्दिकी लगायतले शिक्षाको रुपान्तरणबाटै उद्यमशीलतालाई स्थापित गर्न सकिने बताए ।
देश विकास नै उद्यमशीलतासँग जोडिएको भन्दै वक्ताहरुले गरिखाने शिक्षा अबको मुख्य आवश्यकता भएको बताए । किताबी ज्ञानले मात्रै अब विकास सम्भव नभएको भन्दै सरकारले शिक्षा नीतिलाई व्यवहारिक बनाउनुपर्नेमा वक्ताहरुको जोड छ ।
सिपमूलक शिक्षाले व्यक्ति, परिवार, समाज र देशको विकास हुने भएकाले श्रमलाई सम्मान गर्ने संस्कारको विकास हुन आवश्यक रहेको समेत वक्ताहरुले आंैल्याएका छन् । कार्यक्रमको सहजीकरण पत्रकार नविन अभिलाषीले गरेका थिए ।

विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता

यसैबीच अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार घोराहीमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । घोराही उपमहानगरपालिका र नेपाल परिवार नियोजन संघ दाङको आयोजना तथा विभिन्न अन्य गैरसरकारी संस्थाहरुको सहआयोजनामा ‘शिक्षामा रुपान्तरणः उद्यमशीलता र नव प्रवर्तन’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा गोर्खा माविका लक्ष्मी भुसाल प्रथम, पुलिस स्कुलका भावना खड्का द्वितीय, सिद्धार्थ एकेडेमीका प्रष्टवि विसी तृतीय र विद्यानिलकण्ठका रोशन शर्मा सान्त्वना भएका थिए ।
प्रतियोगिताको निर्णायकमा घोराही उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख विनोद गौतम, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुदिप गौतम र ओरेकका जिल्ला संयोजक ईश्वरी थापा रहेका थिए ।
प्रतियोगितामा ९ विद्यालयका छात्रछात्राहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागीहरुले सरकारले अहिले पनि उद्यमसँग जोड्ने गरी शिक्षा नीति ल्याउन नसकेको बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here