सम्पादकीय
प्रदेश नं. ५ केही दिन अघिसम्म ग्रीन जोनमा थियो । सरकारले नै प्रदेश ५, कर्णाली प्रदेशका कोरोना प्रभाव न्यून भएको र सुरक्षित भएको भन्दै आएको थियो ।
तर चार दिन देखिको अवस्थाले प्रदेश नं. ५ रेड जोनमा पुग्यो । त्यसमा पनि नेपालगंज क्षेत्र कोरोनाको हटस्पट नै बन्न पुगेको छ । अहिलेसम्मको अवस्थामा नेपालगंज लगायत प्रदेश ५ का तराईका जिल्लाहरु उच्च जोखिममा देखिएका छन् ।
नेपालगंज कोरोनाभाइरस (कोभिड–१९) को “हटस्पट” बन्यो भने अन्य जिल्ला जोखिममा देखिएका छन् ।
एउटै टोलका २२ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ को जोल्हनपुर्वा बस्ती “हटस्पट” नेपालगञ्जको “रेड जोन” बनेको हो । सामान्य लापरबाहीले समुदायनै संक्रमणमा पर्नु दुखद् अवस्था हो ।
कर्णाली प्रदेश आजका मितिसम्म पनि पूर्णरुपमा सुरक्षित देखिएको छ । लकडाउनको ४५औं दिनसम्म संक्रमितहरुको अवस्था देखिएको छैन । कर्णाली सरकारले पनि प्रदेशलाई लगभग शिल गरिएको छ ।
अहिलेको अवस्थामा सुरक्षाको एउटा मात्रै उपाय लगडाउनको पालन गर्ने र आफै सुरक्षित बन्ने मात्रै हो । सबै नागरिकले यति मात्रै पनि गर्नसके सुरक्षित हुने अवस्था आउने छ ।
धार्मिक, जातीय नीतिकै कारण कुनै पनि महामारीलाई लापरबाहीको रुपमा लिनु हुँदैन । अहिले केही स्थानहरुको यो देखिएको छ ।
यसलाई तत्काल रोकेर सुरक्षित अवस्था सिर्जना गर्नुपर्छ । धार्मिक विश्वासले नै अहिले नेपालमा कोरोना सामूहिक रुपमा बढेको छ ।
यसले सबैलाई असहज गराउँछ । नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ को जोल्हनपुर्वा बस्तीमा देखिएको यो अवस्थालाई तत्काल नियन्त्रणमा लिनु र संक्रमितहरुलाई सुरक्षित उपचार गराउनुको विकल्प छैन ।
आम नागरिकले लापरबाही गर्नुले पनि संक्रमण बढाएकै छ । नेपालगंजमा यही लापरबाही देखिएको छ । लापरबाहीकै कारण कोरोनाको हटस्पर्ट बनाउनु राम्रो हैन ।
चैत १० गते नेपालगंजको जमुनाहा नाकाबन्द भएकै बेला त्यहाँ आइपुगेका करिब १ हजार नेपालीहरुको भीडबाट क्वारेन्टाइनमा ल्याइएका झण्डै सात सयजना मानिसहरुसँग आएकाहरुबाट नै अहिले कोरोना संक्रमण प्रदेश नं. ५ मा देखिएको छ । यो लापरबाही अबका दिनमा हुनुहु“दैन ।
आफै सजक हुनसकेमा मात्रै भैपरी आउने अवस्थाबाट सुरक्षित हुन सकिन्छ ।
लापरबाही, वेवास्ता गरेका जोखिम आफैबाट सुरु हुन्छ । अहिलेको अवस्था सुरक्षित हुने र सजक बन्ने हो । हामीबाट हुने लापरवाही, अटेरीलाई हटाउन सकेमा आफू मात्र हैन परिवार, समाज र देश नै सुरक्षित राख्न सकिन्छ । यसतर्फ सोचेर आफै गम्भीर बन्नु फलदायी हुन्छ । यसर्थ सबै गम्भीर बनौं कोरोनाको महामारीलाई नजिक आउन नदिऔं ।