- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयसुरक्षामा गम्भीर बनौं

सुरक्षामा गम्भीर बनौं

- Advertisement -spot_img

सम्पादकीय

प्रदेश नं. ५ केही दिन अघिसम्म ग्रीन जोनमा थियो । सरकारले नै प्रदेश ५, कर्णाली प्रदेशका कोरोना प्रभाव न्यून भएको र सुरक्षित भएको भन्दै आएको थियो ।

तर चार दिन देखिको अवस्थाले प्रदेश नं. ५ रेड जोनमा पुग्यो । त्यसमा पनि नेपालगंज क्षेत्र कोरोनाको हटस्पट नै बन्न पुगेको छ । अहिलेसम्मको अवस्थामा नेपालगंज लगायत प्रदेश ५ का तराईका जिल्लाहरु उच्च जोखिममा देखिएका छन् ।

नेपालगंज कोरोनाभाइरस (कोभिड–१९) को “हटस्पट” बन्यो भने अन्य जिल्ला जोखिममा देखिएका छन् ।

एउटै टोलका २२ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ को जोल्हनपुर्वा बस्ती “हटस्पट” नेपालगञ्जको “रेड जोन” बनेको हो । सामान्य लापरबाहीले समुदायनै संक्रमणमा पर्नु दुखद् अवस्था हो ।

कर्णाली प्रदेश आजका मितिसम्म पनि पूर्णरुपमा सुरक्षित देखिएको छ । लकडाउनको ४५औं दिनसम्म संक्रमितहरुको अवस्था देखिएको छैन । कर्णाली सरकारले पनि प्रदेशलाई लगभग शिल गरिएको छ ।

अहिलेको अवस्थामा सुरक्षाको एउटा मात्रै उपाय लगडाउनको पालन गर्ने र आफै सुरक्षित बन्ने मात्रै हो । सबै नागरिकले यति मात्रै पनि गर्नसके सुरक्षित हुने अवस्था आउने छ ।

धार्मिक, जातीय नीतिकै कारण कुनै पनि महामारीलाई लापरबाहीको रुपमा लिनु हुँदैन । अहिले केही स्थानहरुको यो देखिएको छ ।

यसलाई तत्काल रोकेर सुरक्षित अवस्था सिर्जना गर्नुपर्छ । धार्मिक विश्वासले नै अहिले नेपालमा कोरोना सामूहिक रुपमा बढेको छ ।

यसले सबैलाई असहज गराउँछ । नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ को जोल्हनपुर्वा बस्तीमा देखिएको यो अवस्थालाई तत्काल नियन्त्रणमा लिनु र संक्रमितहरुलाई सुरक्षित उपचार गराउनुको विकल्प छैन ।

आम नागरिकले लापरबाही गर्नुले पनि संक्रमण बढाएकै छ । नेपालगंजमा यही लापरबाही देखिएको छ । लापरबाहीकै कारण कोरोनाको हटस्पर्ट बनाउनु राम्रो हैन ।

चैत १० गते नेपालगंजको जमुनाहा नाकाबन्द भएकै बेला त्यहाँ आइपुगेका करिब १ हजार नेपालीहरुको भीडबाट क्वारेन्टाइनमा ल्याइएका झण्डै सात सयजना मानिसहरुसँग आएकाहरुबाट नै अहिले कोरोना संक्रमण प्रदेश नं. ५ मा देखिएको छ । यो लापरबाही अबका दिनमा हुनुहु“दैन ।
आफै सजक हुनसकेमा मात्रै भैपरी आउने अवस्थाबाट सुरक्षित हुन सकिन्छ ।

लापरबाही, वेवास्ता गरेका जोखिम आफैबाट सुरु हुन्छ । अहिलेको अवस्था सुरक्षित हुने र सजक बन्ने हो । हामीबाट हुने लापरवाही, अटेरीलाई हटाउन सकेमा आफू मात्र हैन परिवार, समाज र देश नै सुरक्षित राख्न सकिन्छ । यसतर्फ सोचेर आफै गम्भीर बन्नु फलदायी हुन्छ । यसर्थ सबै गम्भीर बनौं कोरोनाको महामारीलाई नजिक आउन नदिऔं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here