Saturday, October 11, 2025
Homeसमाजजातीय छुवाछुत उस्तै

जातीय छुवाछुत उस्तै

- Advertisement -spot_img

दाङ, २२ जेठ ।
समाजमा अझै पनि जातीय छुवाछुतको अन्त्य हुन नसकेको नागरिक अगुवाहरूले बताएका छन् । जातीय छुवाछुतको विरूद्धमा थुप्रै संघर्षहरू भएपनि त्यसको उपलब्धि हासिल हुन नसकेको उनीहरूले बताए । जातीय छुवाछुत अन्त्यका लागि अब राज्यको मुल प्रवाहीकरणमा दलित समुदायको भूमिका हुनुपर्ने बताएका छन् ।

जातीय छुवाछुत कानून सजाय ऐन २०६८ कानून कार्यान्वयनको अवस्थामा हाम्रो भूमिका विषयक तुलसीपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नागरिक समाज दाङका अगुवा टिकाराम रेग्मीले विभेदका विरूद्ध सामाजिक रूपान्तरण हुनुपर्नेमा जोड दिए । विभेदकारी समाजमा जातजाति बीचको अन्तरघुलन हुने विचार राखे ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति एवं पत्रकार सुशील बस्नेतले सामाजिक न्याय, राजनीतिक अधिकार प्राप्ती र आर्थिक समृद्धिबाट मात्र जातीय छुवाछुतको उन्मुलन गर्न सकिने विचार राखे । यसका लागि स्थानीय तहको सरकारले दलित समुदायका लागि विशेष योजना तथा कार्यक्रम बनाउनुपर्ने र उनीहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा सुझाव दिए ।

तुलसीपुर उपमहानगर–पालिकाका वडा नम्वर १३ का अध्यक्ष मोहन पौडेल, वडा नम्वर १८ का अध्यक्ष माधव वली, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य यमुना परियार, दंगीशरण गाउँपालिकाका कार्यपालिकाका सदस्य सितारा नेपाली, तुलसीपुर उपमहानगर–पालिकाका वडा नम्वर ५ का सदस्य मधुमति सुनारले आगामी आर्थिक वर्षका लागि बनाइने योजना तथा बजेटमा दलितको पक्षमा प्रभावकारी कार्यक्रम ल्याइने प्रतिवद्धता व्यक्त गरे ।

दलित नागरिक समाजको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगर–पालिकाका पूर्व जनप्रतिनिधि युवा करारा र डिला परियारले विगतको अनुभवसमेत सुनाए । कार्यक्रममा नेपाल दलित संघ लुम्बिनी प्रदेशका अध्यक्ष जोगेन्द्र विश्वकर्मा, दलित संघ संस्थाको तर्फबाट उमलाल विश्वकर्मा, नेपाल दलित संघका खेम सेन्चुरी, शिक्षिका पविता विश्वकर्मा, दलित युवा मुना विकलगायतले सोंचमा परिवर्तन हुन नसक्दा छुवाछुत अन्त्य हुन नसकेको बताए ।

दलितको बिगतको अवस्था, हालको समस्या र हुनुपर्ने बारेमा समेत उनीहरूले आ–आफ्नो धारणा राखेका थिए । दलित अधिकारकर्मी निर्मल नेपालीले जातीय विभेदविरूद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बनेका सन्धि, सम्झौता, संविधान र कानूनका बारेमा जानकारी दिएका थिए । समाजका संयोजक छवि परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सन्तोष परियार र सहजीकरण खेमराज विश्वकर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here