Friday, October 10, 2025
Homeसमाजखत्रीको श्रद्धाञ्जली सभा

खत्रीको श्रद्धाञ्जली सभा

- Advertisement -spot_img

तुलसीपुर, १३ साउन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ जसपुर निवासी स्वर्गीय जुद्धबहादुर खत्रीको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा भएको छ । गत साउन १ गते जसपुरस्थित जनवहार चौकमा ट्रकले ठक्कर दिदा निधन भएका खत्रीको आइतबार आफ्नै निवासमा श्रद्धाञ्जली सभा भएको हो ।
मृतक खत्रीका बुवा टोपबहादुर खत्रीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, वडा नम्बर ११ का वडाध्यक्ष चित्रबहादुर वली, वडा नम्बर १२ का वडाध्यक्ष सूर्य बहादुर डाँगी, काँग्रेस नेताहरु शंकर गिरी, खिमबहादुर वली, नेकपाका नेताहरु शोभाराम बस्नेत, हुकुम बस्नेत, मितेरी बचत तथा ऋण सहकारी संस्था जसपुरका अध्यक्ष बलदेव आचार्य, दाङ देउखुरी मिल व्यवसायी समितिका संस्थापक अध्यक्ष धरम बहादुर बैरागीलगायतले स्वर्गीय खत्रीको व्यक्तित्वबारे चर्चा गरेका थिए । स्वर्गीय खत्रीको व्यक्तित्व तथा जीवनीबारे समाजसेवी टेकबहादुर केसीले प्रकाश पारेका थिए ।
श्रद्धाञ्जली सभामा घरपरिवारले दुर्घटनाग्रस्त जनवहार चौकलाई जुद्ध चौक नामाकरण गर्न तथा जुद्ध बहादुर प्रतिक्षालय निर्माणका लागि पहल गरिदिन जनप्रतिनिधिहरु समक्ष प्रस्ताव गरेका थिए भने जनप्रतिनिधिहरुले उक्त प्रस्तावलाई अन्तिम रुप दिन उपमहानगरपालिकाको कार्यपालिका बैठकमा छलफल गरी निर्णय गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । स्वर्गीय खत्रीका छोरा टिकाराम केसीले श्रद्धाञ्जली सभाका सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए भने श्रद्धाञ्जली सभाको सहजीकरण परिवारका सदस्य समाजसेवी युवराज केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here